BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको नाफा ४६ करोड रुपैयाँ, जीवन बीमा कोष ५९ अर्ब नाघ्यो, दाबी भुक्तानी बढ्यो 

२०७६ बैशाख ३०

नेपाल लाइफको नाफा ४६ करोड रुपैयाँ, जीवन बीमा कोष ५९ अर्ब नाघ्यो, दाबी भुक्तानी बढ्यो 
नेपाल लाइफको नाफा ४६ करोड रुपैयाँ, जीवन बीमा कोष ५९ अर्ब नाघ्यो, दाबी भुक्तानी बढ्यो 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको नौ महिनामा ४६ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले गत बर्षको यहि अवधिको तुलनामा ७.२२ प्रतिशतले नाफा बढाएको हो। 

कम्पनीको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्

यो नाफा एक्चुरियल मूल्याङ्कन अगाडिको हो। एक्चुरी गर्दा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गरिन्छ। कम्पनीले नौ महिनाको अवधिमा १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। 

कम्पनीले १२ लाख ३९ हजार बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। गत वर्षको यहि अवधिमा ११ लाख १२ हजार बीमा पोलिसी बिक्री गरेको थियो। 

तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले ६ अर्ब ५६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ। गत वर्षको सोहि अवधिमा तीन अर्ब ७० करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो। 

कम्पनीको चुक्ता पूँजी चार अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा पाँच अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ। एक वर्षको अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोष २४.७० प्रतिशतले बढाएर ५९ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। गत वर्षको यहि अवधिमा कम्पनीको जीवन बीमा कोष ४७ अर्ब ६८ करोड रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ छ। 

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा ठूलो बीमा कोष तथा पूँजी भएको नेपाल लाइफले सबैभन्द राम्रो लाभांस वितरण गर्दै आएको छ। गत आर्थिक वर्षको नाफाबाट पनि कम्पनीले २५ प्रतिशत बोनस शेयर २३.५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। 

बीमा कोष तथा पूँजी बलियो रहेको कम्पनीको बोनस दर न्युनतम प्रति हजार ६५ देखि ८२ रुपैयाँसम्म रहेको छ। बोनस दरबाट बीमितले पाउने प्रतिफलको मूल्याङ्कन गरिन्छ। जति धेरै बोनस दर हुन्छ बीमितले पनि त्यहि अनुसार प्रतिफल पाउन सक्छन्।