BIZMANDU
www.bizmandu.com

स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याउँदै गणेश थापाका छोरा गौरब, चार रोपनीमा चार करोड लगानी

२०७६ बैशाख २८

स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याउँदै गणेश थापाका छोरा गौरब, चार रोपनीमा चार करोड लगानी
स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याउँदै गणेश थापाका छोरा गौरब, चार रोपनीमा चार करोड लगानी


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाको छोरा गौरवले ललितपुरको डोलाहिटीमा रिक्रियशन सेन्टर निर्माण थालेका छन्। उनले आगामी जेठ महिनादेखि संचालनमा ल्याउँदै छन्।

Tata
GBIME
Nepal Life

चक्रपथको सातदोबाटोबाट आधा घण्टाको पैदल दुरीमा अवस्थित डोलाहिटीमा चार रोपनी क्षेत्रफलमा फैलिएको एक्टिभ स्पोर्टस कम्प्लेक्समा स्वीमिङपुल, फुटसल, व्यायामशाला, साउना र स्पा संचालनमा ल्याउन लागिएको हो।

कम्प्लेक्समा २५ मिटर लम्बाई र १५ मिटर चौडाइ भएको फराकिलो स्वीमिङपुल (पौडी पोखरी) निर्माण गरिएको छ। साथै फुटसलको पारखी यूवा वर्गलाई लक्षित गरी फुटसल खेल मैदान निर्माण गरिएको छ। 

एउटै छानामूनि निर्मित फुटसल फिल्डमा 'सेभेन ए साइड' ( एउटा समूहमा सात जना खेलाडी सहभागी हुने फुटबल खेल) समेत खेल्न मिल्ने गरी मैदान निर्माण गरिएको संचालक गौरव थापाले जानकारी दिए। कम्प्लेक्समा करिब पाँच करोड रुपैयाँ लगानी गरिएको छ।

बन्द कोठाभित्र निर्माण गरिएको कृत्रिम मैदानमा जुनसुकै समयमा फुटबल खेल्न सकिने भएको 'फुटसल' जागिरे यूवा बीच समेत सप्ताहन्तमा रमाइलो र स्वस्थ्य शरीरको लागि लोकप्रिय गन्तव्य बन्ने गरेको छ। काठमाडौं उपत्यकाभित्र एक सयभन्दा बढी व्यवसायिक फुटसल केन्द्र संचालनमा रहेका छन्।

'दुई साताभित्र स्विमिङ पुल र फुटसल संचालनमा आउनेछ,' संचालक गौरव थापाले भने, केही महिनापछि जिम र साउनासमेत संचालनमा ल्याउँदैछौं।‘

एशियाली फुटबल परिषद् (एएफसी ) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा झण्डै ८ वर्ष जागिरे जीवनको क्रममा हासिल गरेको व्यवसायीक अनुभव र श्रीराम कलेज दिल्लीबाट व्यवस्थापन संकायमा स्नातक तहको अध्ययनबाट सिकेको व्यवस्थापकीय शीपको सम्मिश्रणबाट उपत्यकाकै अब्बल रिक्रियशन गन्तव्यको रुपमा स्थापित गर्न लागिएको गौरवले बताए।