BIZMANDU
www.bizmandu.com

नयाँ सोच भएका महिला उद्यमीलाई सघाउन ‘नबिल नारी सीड क्याम्प’, यसरी गर्नेछ मद्दत

२०७६ बैशाख २७

नयाँ सोच भएका महिला उद्यमीलाई सघाउन ‘नबिल नारी सीड क्याम्प’, यसरी गर्नेछ मद्दत
नयाँ सोच भएका महिला उद्यमीलाई सघाउन ‘नबिल नारी सीड क्याम्प’, यसरी गर्नेछ मद्दत

Tata
GBIME
Nepal Life

काठमाडौ। नबिल बैंक र उद्यमी इनोभेसनको संयुक्त आयोजनामा  'नबिल नारी उद्यमी सीड क्याम्प' हुने भएको छ। यसका लागि आवेदनसमेत खुला गरिएको छ। 

विगत २ बर्षदेखि संचालन गरिँदै आएको उद्यमी सीड क्याम्पमा भाग लिनका लागि कम्तिमा एक महिला सहसंस्थापक हुनु पर्ने छ। दुईदेखि चार जनाको समूहले आफ्नो नबिन सोचसहित आवेदन दिन सक्नेछन।  

यसमा स्थापित उद्यमीहरु र दक्ष प्रशिक्षकहरुले एक हप्ता लामो उद्यमशिलता बिकाश तालिम दिने छन्। तालिम सिध्याएका सहभागीहरु अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्ने छन् र एक महिनापछि लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत गर्ने छन्। २०  वटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनौट भएर अर्को चरणमा जाने छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नेपालमै बसेर केहि गर्छु भन्ने महिलाका लागि यो कार्यक्रम अवशर भएको बताए। उद्यमी इनोभेसनको प्रोग्राम संयोजक प्रभा तिमिल्सिनाले क्याम्पले  भिन्न तथा नविनतम व्यावसायिक बिचारलाई सहयोग गरि व्यावसायिक संजाल बढाउन मद्दत गर्ने बताइन्।