BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशक अवकाश, आजैबाट बिदा सुरु, कसले पाउला जिम्मेवारी?

२०७६ बैशाख २६

राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशक अवकाश, आजैबाट बिदा सुरु, कसले पाउला जिम्मेवारी?
राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशक अवकाश, आजैबाट बिदा सुरु, कसले पाउला जिम्मेवारी?


काठमाडौं। राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकहरु अवकाश भएका छन्। एक महिनापछि अवकाश हुने भएपछि बिहीबारबाटै उनीहरु बिदामा बसेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको नियमन विभाग प्रमुख तथा प्रवक्ता नारायणप्रसाद पौडेल, राष्ट्र ऋण विभागका नरबहादुर थापा, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागका जनकबहादुर अधिकारी, विदेशी विनिमय विभागका भीष्मराज ढुङ्गाना र बैंकिङ अफिसका झलक शर्मा आचार्य अवकाश भएका हुन्।

पाँचै जना ३० बर्षे सेवा अवधि पुरा गरेका कारण अवकाश भएका हुन्। राष्ट्र बैंकमा ३० बर्ष सेवा अवधि वा उमेर ५८ बर्ष जुन अघि हुन्छ त्यसैका आधारमा अवकाश हुने ब्यवस्था छ।  

पाँच जना विभागीय प्रमुखहरु अवकाशका लागि बिदामा बसे पनि उनीहरुको ठाउँमा कसैलाई पनि कार्यभार दिइएको छैन। पौडेल बैंकिङ नियमन र सुपरिवेक्षणमा राम्रो मानिन्छन् भने थापा अनुसन्धानमा राम्रो मानिन्छन्। ढुङ्गानाको विदेशी विनिमयमा राम्रो विज्ञता छ। 

अब रिक्त रहेको कार्यकारी निर्देशकमा नरेश शाक्य, सुमनकुमार अधिकारी, डा. प्रकाशकुमार श्रेष्ठ, बमबहादुर मिश्र र सरिता भट्ट अधिकारी पदोन्नति हुने छन्।