BIZMANDU
www.bizmandu.com

एनसेलको प्यारेन्ट एक्जियटा नर्वेको टेलिनोरसँग मर्जका लागि छलफल, वार्ताको टेवलमा छैन् एनसेल

२०७६ बैशाख २३

एनसेलको प्यारेन्ट एक्जियटा नर्वेको टेलिनोरसँग मर्जका लागि छलफल, वार्ताको टेवलमा छैन् एनसेल
एनसेलको प्यारेन्ट एक्जियटा नर्वेको टेलिनोरसँग मर्जका लागि छलफल, वार्ताको टेवलमा छैन् एनसेल

Tata
GBIME
Nepal Life

टेलिकमका दुई वटा जायन्ट मलेसियाको एक्जियटा र नर्वेको टेलिनोरले एशियाली मुलुकको सेवा मर्ज गर्ने घोषणा गरेका छन्। टेलिनोरले प्रेस विज्ञप्तीमार्फत दुई वटा टेलिकम कम्पनी मर्ज गर्नका लागि छलफल थालिएको जानकारी दिएको छ।

एक्जियटासँग नेपालमा एनसेलको ८० प्रतिशत स्वामित्व छ।

मलेसियाको दि इज मार्केट अनलाईनको रिपोर्टिङअनुसार  नेपालको कर विवादका कारण एक्जियटा र टेलिनोरवीचको छलफलमा एनसेललाई भने समावेश गरिएको छैन्।

एक्जियटा र टेलिनोरले मलेसिया, थाइल्याण्ड, म्यानमार, बंगलादेश र पाकिस्तानमा छुट्टाछुट्टै सेवा सञ्चालन गरिरहेका छन्। त्यसवाहेक एक्जियटाको भारत, श्रीलंका, नेपाल, कम्बोडिया र इन्डोनेशियामा सेवा छ जहाँ टेलिनोरको उपस्थिति छैन्।

छलफलमा एक्जियटाको कम्बोडिया, इन्डोनेशिया र श्रीलंकाको सेवालाई समेत मर्ज गर्ने विषयमा चर्चा भएको अनलाइन रिपोर्टिङमा छ।

मर्ज पछि टेलिनोर र एक्जियटाले सबै कम्पनी होल्ड गर्ने गरी एउटा नयाँ कम्पनी स्थापना गर्नेछन्। जुन कम्पनीमा टेलिनोरको ५६.५ प्रतिशत र एक्जियटाको ४३.५ प्रतिशत सेयर हिस्सा हुनेछ।

टेलिनोरले आफ्नो प्रेस विज्ञप्तीमा बंगलादेशमा एक्जियटाले रोबि ब्राण्डमा छुट्टै सेवा सञ्चालनलाई जारी राख्ने जानकारी दिएको छ। तर एनसेलका विषयमा भने थप जानकारी दिइएको छैन्।

एक्जियटाको ८० प्रतिशत स्वामित्व भएको एनसेलका विषयमा नेगोशियशन नभएको दि इज मार्केटको रिपोर्टीङमा बताइएको छ। सायद एक्जियटामाथि नेपालमा लगाइएको करका कारण एनसेललाई छलफलमा समावेश नगरिएको हो, दि इज मार्केटको रिपोर्टिङमा छ। एक्जियटामाथि नेपालमा एक अर्व ४५ करोड रिंगिट (४० अर्व रुपैयाँ) कर लगाइएको छ। यो करका विषयमा सोमवार सर्वोच्च अदालतमा बहस हुँदैछ।

मर्जको विषयमा सोमवारै एक्जियटा र टेलिनोरले  संयुक्त घोषणा गर्ने कार्यक्रम छ। यही कारण एक्जियटा र टेलियाको मलेसियाली कम्पनी डिजिको सेयर कारोवार सोमवारका लागि स्थगित गरिएको छ। सोमवार महत्वपूर्ण घोषणा हुने भएपछि कारोवार रोक्न दुवै कम्पनीले ब्रुसा मलेसियालाई सूचना दिएका थिए, जुन सूचनालाई ब्रुसाले स्वीकृत गरेको छ।

यस अघि एनसेल अधिग्रहणको घोषणा गर्दा पनि २१ डिसेम्वर २०१५ एक्जियटाको ब्रुसा मलेसियामा सेयर कारोवार स्थगित गरिएको थियो।

मलेसियामा एक्जियटाले एकल रुपमा सेलकम एक्जिएटा कम्पनीको स्वामित्व लिएको छ भने टेलिनोरले डिजी डट कम कम्पनीको ४९ प्रतिशत शेयर हिस्सा नियन्त्रण गर्छ। सन् २०१८ मा कम्पनीले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार एक्जियटाका प्रमुख शेयर होल्डरका रुपमा रहेको खजाना नासियोनल कम्पनी सबैभन्दा धेरै शेयर स्वामित्व भएको शेयरहोल्डर हो जसको कम्पनीमा ३७.१६ प्रतिशत शेयर छ। यस्तै परमोदलन नासियोनल कम्पनी १८. ४२ प्रतिशत तथा कर्मचारी संचयकोषको १६.१६ प्रतिशत शेयर रहेको छ।

मर्जर तथा एक्विजिसन अभ्यासका बारेमा सल्लाह लिनका लागि दुई टेलिकम कम्पनीहरुले सिटी बैंकलाई हायर गरिसकेका छन्।

यी दुईबीच मर्जर भएमा यो एशियाकै मेगा मर्जरका रुपमा चर्चित हुनेछ जहाँ कम्तीमा पनि ३० करोड मोबाइल सब्सक्राइबरहरु सामेल हुनेछन्।  

विज्ञहरुका अनुसार अहिलेको अवस्थामा टेलिकम कम्पनीहरुको मर्जर त्यति आश्चर्यपूर्ण मानिदैंन किनभने कठिन प्रतिस्पर्धा, नाफामा कमी र अधिक पुँजीगत खर्चका कारण शेयरहोल्डरहरुको लाभांशमा आउने कमीका कारण कम्पनीहरु मर्जरमा जाने गरेका छन्।

क्षेत्रीय रुपमा भिओन लिमिटेड, सिंगापूर टेलिकम्युनिकेसन्स, भोडाफोन ग्रुप पिएलसी र भारती एयरटेल लिमिटेड ठूला टेलिकम कम्पनीहरु हुन्।  मर्जरले कम्पनीको आर्थिक अवस्थामा सुधार आउने र लगानीको संकटका सथै उच्च संचालन लागत कम गर्न सहज हुन्छ।

मर्जरपछि एक्जियटा पनि उक्त कम्पनीको शेयरहोल्डर रहनेछ। मर्जरपछि एक्जियटाले इन्भेष्टमेन्ट होल्डिङ कम्पनीका रुपमा  क्षेत्रीय स्तरमै मोबाइल सेवा संचालनको स्वामित्व लिनेछ। एक्जियटाले एनसेलमा आफ्नो ८० प्रतिशत शेयर होल्डलाई निरन्तरता नै दिने बताइएको छ। यसैगरी हालै मित्सुइ एण्ड कम्पनी लिमिटेडले समेत थोरै स्वामित्व लिएको  एक्जियटा डिजिटल सर्भिसबाट पनि यसले आफ्नो कामलाई रफ्तारमा लैजादैछ।  

गत शुक्रबार जब एक्जियटाले मित्सुइ कम्पनीले एक्जियटा डिजिटलको शेयर लिएको घोषणा गरेको थियो त्यसबखत कम्पनीले स्वामित्व लिएको शेयरको मूल्यबारे सार्वजनिक गरेको थिएन। कम्पनीले एक्जियटाको कोर डिजिटल बिजनेसका लागि ५०० मिलियन डलर लगानी थप गर्न लागेको मात्र बताएको थियो।

मित्सुइले शेयर लिएपछि एक्जियटा डिजिटलले कोर डिजिटल बिजनेस अन्तर्गत बुस्ट, इ वालेट सर्भिस, एनलाइटिक्स डाटा एडभरटाइजिङ, डिजिटल एजेन्सीका साथै एपिगेट कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ।

गत फेब्रुअरीमा मलेसियाको द एज साप्ताहिकसँग खजानाका म्यानेजिङ डाइरेक्टर दातुक सारिल रिदजा रिजुआनले खजानाको पोर्टफोलियो ७०:३० मा बिभाजन हुने बताएका थिए। यसमा ७० प्रतिशत सम्पत्ति कमर्सियल बास्केटमा जाने र त्यसलाई दीर्घकालीन सम्पत्ति बृद्धिको लक्ष्य पूरा गर्न प्रयोग गरिने पनि उनले जानकारी दिएका थिए।

एक्जियटा ग्रुप, सिआइएमबि ग्रुप, यूइएम सनराइज कम्पनी तथा यसको बाँकी २६ प्रतिशत शेयर आइएचएच हेल्थकेयर कम्पनीका कमर्सियल पुलका रुपमा लिएको छ जसलाई कम्पनीले 'मोनिटाइज'  गर्न चाहेको उनले बताएका थिए। 

बाँकी रहेको ३० प्रतिशत रणनीतिक बास्केटमा रहने उनले बताए। रणनीतिक बास्केटबाट टेलिकम मलेसिया, टेनागा नासियोनाल, मलेसिया एयरपोर्ट होल्डिङ, मलेसिया एयरलाइन्स तथा इस्कानदार इन्भेष्टमेन्ट जस्ता कम्पनीहरुका साथै समग्र मलेसियाको विकासका लागि रणनीतिक भूमिका खेल्न योगदान पुर्याउने पनि उनले बताएका थिए।