BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंक र नेपाल टेलिकमले भुक्तानी सेवा प्रदायक सञ्चालन गर्ने, विहीबार हस्ताक्षर

२०७६ बैशाख १९

वाणिज्य बैंक र नेपाल टेलिकमले भुक्तानी सेवा प्रदायक सञ्चालन गर्ने, विहीबार हस्ताक्षर
वाणिज्य बैंक र नेपाल टेलिकमले भुक्तानी सेवा प्रदायक सञ्चालन गर्ने, विहीबार हस्ताक्षर


काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीबीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्ताक्षर भएको छ।

सम्झौतापश्चात संयुक्त लगानीमा संस्थापित भुक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले डिजिटल बैंकिङ सेवा उपलब्ध गराउनेछ। यसका लागि नेपाल राष्ट्र बैंकको अनुमति भने आवश्यक पर्नेछ। 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ग, फेडेरेसन अफ क्यानका अध्यक्ष हेमन्त चौरासीया, बैंकका सूचना प्रविधि विभागका विभागीय प्रमुख देवेश लोहनी लगायतको उपस्थिती थियो।