BIZMANDU
www.bizmandu.com

क्लासिक टेकको ६९२ रुपैयाँमा ४० एमबिपिएसको इन्टरनेट, १०० जिबिपिएसको फाईबर ब्याकबोन

२०७६ बैशाख १५

क्लासिक टेकको ६९२ रुपैयाँमा ४० एमबिपिएसको इन्टरनेट, १०० जिबिपिएसको फाईबर ब्याकबोन
क्लासिक टेकको ६९२ रुपैयाँमा ४० एमबिपिएसको इन्टरनेट, १०० जिबिपिएसको फाईबर ब्याकबोन


Tata
GBIME
Nepal Life

काठमाडौं। ईन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले जिपिओएन  प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्न थालेको छ। कम्पनीसँग हाल १०० जिबिपिएसको फाईबर ब्याकबोन रहेको छ। एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ। 

साथै गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको विज्ञप्तिमा उल्लेख छ।

अहिलेसम्म नेपालको ७४ वटा जिल्लामा नेटवर्क विस्तार गर्नुका साथैं २० वटाभन्दा बढी शाखाको स्थापना गरी करीब ८०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै यस कम्पनीले बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु ल्याएको छ। कम्पनीले ४० एमबीपीएस गतिको बुलेट-जीप्लान ६९२ रुपैयाँ प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ।

जडान खर्च तथा फाईवर केवलमा शत प्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु पर्ने छैन। यसका साथैं खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी यो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ।