BIZMANDU
www.bizmandu.com

नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकबाट ऋण लिने दुई जना बैंकिङ कसुर अभियोगमा पक्राउ

२०७६ बैशाख ११

नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकबाट ऋण लिने दुई जना बैंकिङ कसुर अभियोगमा पक्राउ
नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकबाट ऋण लिने दुई जना बैंकिङ कसुर अभियोगमा पक्राउ

काठमाडौं। बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) दुई जनालाई पक्राउ गरेको छ। 

Tata
GBIME
Nepal Life

फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाण पत्रलाई किर्ते गरी झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई कसुर गरेको भेटिएको छ।

यसरी कर चुक्ता प्रमाणपत्र तयार गरि कृषि विकास बैंक स्वयम्भु शाखाबाट ऋण लिने कार्यमा संलग्न झरना ह्युम्यान रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले कृषि विकास बैंकबाट ४० लाख रुपैयाँ कर्जा लिएको भेटिएको हो। जिल्ला अदालत काठमाडौंले दुबैलाई पुर्पक्षका लागि जेल चलाउन गरेको छ।