BIZMANDU
www.bizmandu.com

मोबाइल वित्तीय सेवाका लागि राष्ट्र बैंक र प्राधिकरणबीच साझेदारी, समन्वय समिति गठन

२०७६ बैशाख ८

मोबाइल वित्तीय सेवाका लागि राष्ट्र बैंक र प्राधिकरणबीच साझेदारी, समन्वय समिति गठन
मोबाइल वित्तीय सेवाका लागि राष्ट्र बैंक र प्राधिकरणबीच साझेदारी, समन्वय समिति गठन

काठमाडौं। मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ। 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको भूमिकासहितको सम्झदारी पत्रमा गर्भनर डा. चिरञ्जीवी नेपाल र प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेका छन्। 
     
मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्तरुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ।     
     
दूरसञ्चार प्रविधिको प्रयोग गरी देशमा क्रियाशील विभिन्न भुक्तानीसम्बन्धी कार्यमा संलग्न भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक र दूरसञ्चार सेवा प्रदायक संस्थासँग सम्बन्धित कार्यलाई सहजीकरण तथा नियमन गरी आवश्यकताअनुसार नीति निर्माण कार्यमा समेत सहयोग पुर्याउने उद्देश्यले दुवै नियमनकारी निकायको प्रतिनिधित्व हुने गरी एक संयुक्त समन्वय समितिसमेत गठन गरेको छ।