BIZMANDU
www.bizmandu.com

सेनामा ८ हजारलाई जागिर खुल्यो, देशभरका भर्तीकेन्द्रमा ८ कक्षा पासदेखि पण्डितसम्मले भर्न पाउने

२०७६ बैशाख ३

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली सेनाले विभिन्न पदमा ८ हजार एकसय २ जना कर्मचारी माग गरेको छ।

नेपाली सेनाले देशभरिका २९ वटा भर्ती केन्द्र मार्फत लेखा जमदार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादक, कुचिकार, सूचिकार, धोवी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको हो।

नेपाली सेनाले सैन्य सेवाका लागि मात्रै ७ हजार ६ सय ३५ जना कर्मचारी माग गरेको छ।

योग्यता पुगेका नेपाली नागरिकले वैशाख तीन गतेदेखि जेठ एक गतेसम्म २९ वटा भर्ती केन्द्र मार्फत आवदेन दिन सकिने सेनाले जनाएको छ।

लेखा जमदार पदका लागि न्युनतम प्लस टु उत्तीर्ण गरेको हुनु पर्ने छ। सहायक पण्डितको लागि कर्मकाण्ड विषयमा तीन सय पूर्णाङ्कको संस्कृत विषय लिइ प्रवेशिका परिक्षा उत्तीर्ण गरेको हुनु पर्छ।

अमल्दार कर्मचारीको लागि एसएलसी उत्तीर्ण गरेको हुनु पर्नेछ भने सैन्य, सैन्य ड्राइभर, सेन्य वाद्य वाधकको लागि ८ कक्षा उत्तीर्ण गरेको भए पुग्छ।