BIZMANDU
www.bizmandu.com

एनआईबिएल एस क्यापिटलमा निःशुल्क डिम्याट खाता, एक नेपाली एक डिम्याट खाता अभियानमा साथ

२०७६ बैशाख २

एनआईबिएल एस क्यापिटलमा निःशुल्क डिम्याट खाता, एक नेपाली एक डिम्याट खाता अभियानमा साथ
एनआईबिएल एस क्यापिटलमा निःशुल्क डिम्याट खाता, एक नेपाली एक डिम्याट खाता अभियानमा साथ


काठमाडौं। एनआईबिएल एस क्यापिटलले सरकारको एक नेपाली एक डिम्याट खाता अभियानलाई साथ दिँदै वैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life

यो अभियानबाट पूँजी बजार भन्दा बाहिर रहेका गृहिणी महिला विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाइदा पुग्ने गरि यस्तो सुविधा दिन लागेको कम्पनीले जनाएको छ। कम्पनीले यो सुविधा क्यापिटलको मूख्य कार्यालय लाजिम्पाट  लगायत लालदरवार ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवलस्थित शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने जनाएको छ।

क्यापिटलले ४० कम्पनीका करिव १४ लाख शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धि सेवा पुर्याउँदै आइरहेको छ। क्यापिटलले दुई वटा म्युचुअल फण्डको व्यवस्थापन गर्दै आइरहेको छ।