BIZMANDU
www.bizmandu.com

नयाँ वर्षको पहिलो कारोबार ४.७ अंकले बढ्यो, कारोबार रकम ३० करोडमा सीमित

२०७६ बैशाख २

नयाँ वर्षको पहिलो कारोबार ४.७ अंकले बढ्यो, कारोबार रकम ३० करोडमा सीमित
नयाँ वर्षको पहिलो कारोबार ४.७ अंकले बढ्यो, कारोबार रकम ३० करोडमा सीमित


काठमाडौं। नयाँ वर्षको पहिलो दिन नेप्से सूचक ४ अंकले सुधार देखिएको छ। कारोबार सुरु भएको ३८ मिनेटसम्म बढेको बजार त्यस पछि विस्तारै घट्ने क्रममा एक बजेर ४७ मिनेटसम्ममा २.२ अंकले घटेको थियो।

Tata
GBIME
Nepal Life

बजार घट्न थाले सँगै लगानीकर्ताको सहभागिता पनि घटेको थियो। तर कारोबारको अन्तिम ४० मिनेटमा बजार सुधार हुँदा ४.७० अंकले बढेर ११८८.७१ विन्दुमा रोकिएको छ। अन्तिममा एकाएक लगानीकर्ता प्रवेश गर्दा सूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको हो। सोमबार ३० करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ।

वैशाखपछि बजार बढ्ने अपेक्षा गरिएपनि सोमबार कारोबारको सुरु भएको एक घण्टा ५२ मिनेटदेखि दुई बजेर २५ मिनेटसम्म बजार रातो देखिदा लगानीकर्ता आत्तिएका थिए।यो अवधिमा जम्मा २० करोड हाराहारीको मात्रै कारोबार भएको थियो। गत वर्ष शेयर बजार २५१ अंकले घटेको थियो। गत वर्षको वैशाखमा शेयर बजार अधिकतम १४३८ विन्दुसम्म पुगेको थियो भने चैतमा न्यूनतम ११०० सम्म झर्यो।

सोमबार फाइनान्स, हाइड्रोपावर, अन्य र जीवन बीमाको सुचक घटेका छन्। नेको इन्स्योरेन्सको सबैभन्दा धेरै दुई करोड ७५ लाख रुपैयाँको भएको छ। एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ७२ रुपैयाँले कमाएका छन्।

गत साता बढ्ने क्रममा सर्किट लागेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बजार मूल्य सोमबार सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। आज सबैभन्दा धेरे एक्टिभ कम्पनीमा माथिल्लो तामाकोशी देखिन्छ। तामाकोशीको ४३२ वटा कारोबार भएको छ। डिम्याण्ड साइडमा एनसिसी बैंकको सबैभन्दा धेरै ७७ हजार कित्ताको लागि माग रहेको छ।