BIZMANDU
www.bizmandu.com

नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका आन्तरिक पर्यटकको भिडले उत्साह थप्यो, सरसफाइमा जुटे मुस्ताङी

२०७६ बैशाख १


काठमाडौं। पर्यटकीय सिजन सुरु भएसँगै यतिखेर मुस्ताङमा आन्तरिक पर्यटकको भिड बढेको छ। हाल मुस्ताङका होटलहरुको अक्युपेन्सी ८० प्रतिशत रहेको बताइएको छ।

Tata
GBIME
Nepal Life

पर्यटकको भिड बढेसँगै मुस्ताङका युवाहरु त्यस क्षेत्रको सरसफाईको लागि खटेका छन्। 

मुस्ताङको प्राकृतिक सुन्दरता छोपिन नदिन त्यस क्षेत्रलाई सफा राख्ने युवाहरुको उद्देश्य भएको सरसफाइको नेतृत्वकर्ता स्थानिय अविनाश गौचन थकालीले बताए।

थकालीका अनुसार सरसफाइका क्रममा  पाँच सय केजीभन्दा बढी फोहोर संकलन गरिएको छ।   

आइतबार मुस्ताङस्थित मुक्तिनाथ परिसर सरसफाई गरिएको थकालीले जानकारी दिए।

'धार्मिक पर्टकीय महत्व बोकेको यो क्षेत्रमा पछिल्लो समयमा पर्यटकको आवगान बढ्दै गएको छ। हामीले मात्र नभई देशका सबैजसो पर्यटकीय गन्तब्यमा स्थानीयले सरसफाइ कार्यक्रम सुरु गरेमा नेपाल भ्रमण वर्ष २०२० मा पनि राम्रो टेवा पुग्नेछ।'- स्थानीय नवीन शेरचनले बिजमाण्डूसँग भने।