BIZMANDU
www.bizmandu.com

अभिनिश डिस्टिलरीले ल्यायो एम्पेरर २४ क्यारेट माल्ट्स, मूल्य १२ सय रुपैयाँ

२०७५ चैत्र २४

अभिनिश डिस्टिलरीले ल्यायो एम्पेरर २४ क्यारेट माल्ट्स, मूल्य १२ सय रुपैयाँ
अभिनिश डिस्टिलरीले ल्यायो एम्पेरर २४ क्यारेट माल्ट्स, मूल्य १२ सय रुपैयाँ



काठमाडौं। अभनिश डिष्टिलरीले एम्पेरर २४ क्यारेट स्कच माल्टस काठमाडौंमा बिक्री सुरु गरेको छ। कम्पनीका अनुसार गत असोजमा बजारमा ल्याएको एम्पेरर स्कच माल्टसपछि स्कच माल्टस बजारमा ल्याइएको हो ।

Tata
GBIME
Nepal Life

“एम्पेरर २४ क्यारेट एक विशेष उत्पादन हो जसमा नेपाली बजारमा पाइने अन्य कुनै पनि उत्पादनको तुलनामा धेरै स्कच माल्ट्सको मात्रा रहेको छ ।” कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार एम्पेरर २४ क्यारेट विशेषगरी नेपाली बजारका लागि स्कटल्याण्डका विश्वप्रसिद्ध माल्ट मास्टर डेभिड स्लोनले तयार पारेका हुन्। कम्पनीका अनुसार यो उत्पादन तयार गर्न लगभग एक वर्षको समय लागेको थियो।

डबल फिल्ट्रेशन गरी शतप्रतिशत शुद्ध बनाइएको गोल्डेन ग्रेन स्पिरिटलाई ६ महिनासम्म प्रशोधन गरी स्क्टल्याण्डका उत्कृष्ट डिष्टिलरीहरुबाट आयातित ८ वर्ष पुरानो स्कचसँग मिसाएर एम्पेरर २४ क्यारेटको ब्लेण्ड तयार गरिएको हो । “बजारमा उपलब्ध थुप्रै किसिमका उत्पादनको तुलनामा एम्पेरर २४ क्यारेट निकैे राम्रो हुनुमा यसमा प्रयोग गरिएको उच्च गुणस्तरको कच्चा पदार्थ हो।

साथै स्कटल्याण्डका विशिष्ट मास्टर ब्लेण्डर तथा डिष्टिलरीहरुसँगको हाम्रो सहकार्यले पनि एम्पेरर २४ क्यारेटलाई विशिष्ट श्रेणीको स्थानमा नेपाली बजारमा ल्याउन सफल भएका छौँ ।” कम्पनीले भनेको छ। साढे सात सय मिलिलिटरको यो एम्पेररको मूल्य १२ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।