BIZMANDU
www.bizmandu.com

लामो समय नपग्लिने टर्किस आइसक्रिम ‘ट्विस्टिङ स्कुप’ नेपालमा, नक्साल भाटभटेनीमा पाइने



काठमाडौं। टर्कीको प्रसिद्ध ब्राण्ड ट्विस्टिङ स्कुप आइसक्रिम नेपालमा पनि आएको छ। दुई युवा निष्कर्ष घिमिरे र विभुषण शर्माले यो नौलो किसिमको आइसक्रिमलाई नेपाली बजारमा भित्र्याएका हुन्।

Tata
GBIME
Nepal Life

ट्विस्टिङ स्कुप आइसक्रिम दुई घण्टासम्म नपग्लिने र चुइङगम जस्तै तन्किने  उनीहरुले बताए।  

संचालकका अनुसार आइसक्रिमको आउटलेट भाटभटेनी सुपरमार्केटको सबै शाखामा विस्तार गरिनेछ। सुरुमा नक्सालस्थित भाटभटेनीबाट फ्रेन्चाइज सुरु गर्ने योजना रहेको उनीहरुले बताए।

'सर्वसाधारणको राम्रो चाप हुने ठाउँ खोज्दै जाँदा हामीले भाटभटेनी रोजेका हौं। हाम्रो मुख्य उद्धेश्य भनेको ग्राहकलाई खुसी पार्नु हो। हाम्रो स्टलमा आइसक्रिमका पारखीले नौलो स्वादमात्र नभइ तालिमप्राप्त जनशक्तिद्वारा मनोरञ्जन पनि लिन सक्नुहुनेछ।' संचालक विभुषण शर्माले बिजमाण्डूसँग भने।

ट्विस्टीङ स्कुप आइसक्रिम शतप्रतिशत शाकाहारी रहेको उनीहरुको दाबी छ।

टर्कीको ट्विस्टिङ आइसक्रिमको फ्रेन्चाइज ल्याउने निश्चित भइसकेपछि स्टोरसँगै कर्मचारीको लागि बस्न नारायणचौरस्थित तीन तल्ले घर लिजमा लिइसकेका छन्।

कम्पनीको नाम राखिएको छ 'क्रिएटिभ मिल कम्पनी प्रा.लि'। सुरुमा तीनजना जनशक्ति राख्ने योजना रहेको बताउँदै संचालक घिमिरेले भने,'हामीले तीनजना फ्रेस जनशक्ति राख्ने योजना बनाएका छौँ। तालिमका लागि हामीले भारतबाट प्रशिक्षार्थी मगाइसकेका छौँ। हामी स्वयं पनि यो सीप लिने योजनामा छौँ।' घिमिरेले भने।

'विदेशमा सबैथोक छ तर अपनत्व छैन। आफ्नै मुलुकमा केहिँ गर्नै पर्छ भन्ने सोचले टर्कीको फ्रेन्चाइज कम्पनी 'ट्विस्टिङ स्कुप' नेपालमै खोल्ने योजना बनायौँ।' २४ वर्षका निश्कर्ष घिमिरे र २५ वर्षका विभुषण शर्माले बताए।

जावलाखेलस्थित सेन्ट जेभियर्सबाट स्कुलिङ र ए लेभल सँगै पढेका उनीहरु पढाइकै सिलसिलामा करिब चार वर्ष छुट्टिए तर उनीहरु फेरि कामकालागि सँगै जुटेका छन्।

ए लेभल सकिएपछि शर्मा मुम्बईमा स्नातक अध्ययनका लागि गए भने घिमिरे काठमाडौं कलेज अफ म्यानेजमेन्टमा भर्ना भए।

नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ उनीहरुले नयाँ आइसक्रिम ब्राण्डलाई नेपाल भित्र्याएका हुन्। 'कतिपय युवाहरुको घरायसी समस्या हुनसक्छ त कतिपयको आफ्नै व्यक्तिगत समस्या। यस्ता समस्याले हामी जस्ता धेरै युवा विदेश पलायन भएको देखिन्छ। कोही खाडी मुलुक त कोही युरोप अमेरिकातिर। तर आफ्नै माटोको लागि केहि गर्नका लागि विदेश धाइरहनुपर्दैन। यहाँ आफ्नो सिप र योग्यता अनुसार कुनै पनि व्यवसाय गर्ने वातावरण छ।' संचालक घिमिरेले भने।

टर्किस आइसक्रिमको फ्रेन्चाइज विस्तारका लागि युवाहरुलाई सहभागी गराउने बताउँदै घिमिरेले भने,'टर्किस आइसक्रिमको थप फ्रेन्चाइज खोल्न इच्छुकले हामीलाई प्रस्तावसँगै एक सय स्क्वायर फिटको एरिया र जनशक्ति दिए हुन्छ। हामी जनशक्तिलाई तालिम दिएर स्टल ल्याएर फिट गर्नुका साथै सामान पनि उपलब्ध गराइदिन्छौँ।'   

गत अक्टोबरमा भारतको महोत्सवमा संयोगवस पुगेका दुई युवाले खोज्दै गरेको विकल्प भेटियो एउटा स्टल जहाँ टर्कीको सुप्रसिद्ध 'ट्विस्टिङ स्कुप'को फ्रेन्चाइज राखिएको थियो।

महाराज कम्पनी र ट्विस्टिङ स्कुपको संयोजनमा खोलिएको त्यो स्टलले यी युवाहरुको मनमा नेपालमा पनि यस्तो किसिमको आइसक्रिमको फ्रेन्चाइज खोल्ने इच्छा पलायो। 'ट्विस्टिङ स्कुप' ले पनि दक्षिण एसियाका विभीन्न मुलुकमा आफ्नो ब्राण्ड विस्तार गर्ने उद्धेश्य राखेको थियो।
टर्कीको ट्विस्टिङ आइसक्रिमको फ्रेन्चाइज ल्याउने निश्चित भइसकेपछि स्टोरसँगै कर्मचारीको लागि बस्न नारायणचौरस्थित तीन तल्ले घर लिजमा लिइसकेका छन्।

कम्पनीको नाम राखिएको छ 'क्रिएटिभ मिल कम्पनी प्रा.लि'। संचालक घिमिरेले भने,'हामीले तीनजना फ्रेस जनशक्ति राख्ने योजना बनाएका छौँ। तालिमका हामी आफैं पनि यो सिप सिक्ने योजनामा छौँ।' घिमिरेले भने।

उनका अनुसार आइसक्रिमको मूल्य एकसय पचास रुपैयाँदेखि दुईसय रुपैयाँसम्म रहेको छ। प्रति स्कुपमा ८० ग्राम आइसक्रिम रहने उनले जानकारी दिए।   

एक करोड रुपैयाँभन्दा बढीको लागतमा सुरु गर्न लागिएको व्यवसाय आउँदो अप्रिल १३ तारिखदेखि फुल फ्लेजमा संचालनमा ल्याउने संचालकले बताएका छन्।