BIZMANDU
www.bizmandu.com

एशियन लाईफ र गण्डकी विकास बैंकबीच बीमा सेवा सम्झौता, बैंकका ग्राहकलाई जीवन बीमा गर्न सजिलो

२०७५ फागुन ३०


काठमाडौं। एशियन लाईफ ईन्स्योरेन्स र गण्डकी विकास बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएको छ ।

Tata
GBIME
Nepal Life

उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरे।

सम्झौतापछि गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट  एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने इन्स्योरेन्सले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिरहेको जनाएको छ ।

इन्स्योरेन्सका अनुसार गत पुस मसान्तसम्म  कम्पनीको जीवन बीमाकोष  १५ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।

५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउनको लागि चाँडै नै ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको जनाएको छ ।