BIZMANDU
www.bizmandu.com

कार्यालय ठप्प पारेर जन प्रतिनिधिको भ्रमण: पुगे रारादेखि नैनीतालसम्म, उपलब्धि ‘हात लाग्यो शून्य’

२०७५ फागुन ३०


सुर्खेत।
गत वर्षको फागुन ३० गते लेकबेशी नगरपालिका–१ वडा कार्यालयमा हस्तबहादुर सलामी मगर पुगे। उनी छोराको नागरिकता बनाउने सिफारिस लिन दास्रो पटक पुगेका थिए। कार्यालय सहयोगीको भरमा रहेको कार्यालयबाट सिफारिस नपाउने भएपछि उनी खाली हात फर्किन बाध्य भए।

Tata
GBIME
Nepal Life

कार्यालय सहयोगीले न सिफारिस दिन मिल्छ, न उनको हस्ताक्षर चल्छ। सेवाग्राहीलाई वडा नं. २ को कार्यालय र नगरपालिकामा पठाउने बाहेक कुनै काम थिएन उनको। हस्तबहादुरले आफ्नै वडा कार्यालयबाट सिफारिस लिने भन्दै अन्यत्र नजाने निधो गरेर फर्किएको सुनाए।

‘कार्यालय नै बन्द गरेर भ्रमणमा गएछन्, छोराको नागरिकताको सिफारिस लिन दोस्रो पटक कार्यालय आउँदा पनि भेटिएनन्,’ उनले भने, ‘वडा अध्यक्षहरु भ्रमणबाट फर्किएपछि सिफारिस लिए। पहिले सचिवको हालत जस्तै भएको छ अहिलेका जनप्रतिनिधिको हालत पनि।’

२०७४ फागुनको अन्तिम साता लेकबेशी नगरपालिका–१ का वडा अध्यक्षसहितको टोली पाँच दिने भ्रमणमा निस्किएको थियो। वडा अध्यक्ष, ४ जना वडा सदस्य, सचिव र अन्य कर्मचारी, जनप्रतिनिधिका नातेदार, स्थानीय संघ सस्थाका प्रमुख प्रतिनिधिसहित ३२ जनाको जम्बो टोली सुदुरपश्चिम र भारतको पर्यटकीय स्थल नैनीताल भ्रमण गएका थिए।

कार्यालयको सम्पूर्ण जिम्मेवारी कार्यालय सहयोगी यामबहादुर मिदुनलाई दिइएको थियो। बाँकी अन्य केही काम वडा नं. २ को कार्यालयलाई जिम्मेवारी सुम्पिएर भ्रमणमा निस्किएको वडाअध्यक्ष मानबहादुर पुन बताउँछन्।

‘हामीले पुरै काम नै ठप्प पारेर गएका थिएनौं। कार्यालय सहयोगी मिनबहादुर थियो।’ अध्यक्ष पुनले भने,‘अझै हामीले जनताको काममा बाधा नपरोस् भनेर वडा नं. २ को वडाअध्यक्ष र नगरको मेयर सापलाई जिम्मा दिएका थियौं।’ वडा कार्यालयको साढे २ लाख रुपैयाँ खर्च गरिएको वडा अध्यक्ष पुनको भनाई छ।

यसअघि यो जम्बो टोली मुगुको राराताल समेत घुमेर फर्किएको थियो।

****

त्यस्तै, यही फागुन १२ गते सिम्ता गाउँपालिका–२ काँफकोटबाट चित्रबहादुर थापा नाहागाउँ खानेपानी आयोजनाको सम्झौताका लागि गाउँपालिका केन्द्र राकम पुग्दा कार्यालय सुनासान थियो। उनी झण्डै साढे दुई घण्टाको बाटो हिँडेर गाउँपालिकाको कार्यालय पुगेका थिए। आइतबारको दिन नै कार्यालय सुनसान भएपछि खाली हात फर्कन बाध्य भए थापा। ‘जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएकाले कार्यालय सवै बन्द थियो,’ उनले भने, ‘म जस्ता सर्वसाधारण नागरिक त्यत्तिकै फर्कने गरेका थिए।’

सिंगो सिम्ता गाउँपालिकाको टोली भ्रमणमा जाँदा सेवा प्रवाह ठप्प थियो। गाउँपालिकाको अध्यक्ष कविन्द्रकुमार केसीसहित ३८ जनाको जम्बो टोली पूर्वी नेपालको धार्मिक तथा पर्यटकीय भ्रमणमा गएको थियो। नगर कार्यपालिका सदस्य, कार्यकारी अधिकृत, कर्मचारी, वडाअध्यक्ष, वडा सचिव, शाखा प्रमुख लगाएत अन्य जनप्रतिनिधि करिब चार दिन लामो भ्रमण लमजुङ, पाल्पा, चितवन लगाएतका क्षेत्र अवलोकन गरेर फर्किएका थिए। 

विनियोजित रकम करिब १० लाख २५ हजार मध्ये तीन लाख ५० हजार पेश्की लगेको लेखापाल लोकेन्द्र खत्रीले बताए। पेश्की लगेको रकममा बढी खर्च भए तीन लाख ७०/८० हजार रुपैयाँ खर्च हुन सक्ने लेखापाल खत्रीको दाबी छ। ‘जम्मा विनियोजित १० लाख २५ हजार बजेट मध्ये तीन लाख ५० हजार पेश्की लगेको हो,’ उनले भने, ‘त्यसमा बढीमा तीन लाख ७०/८० हजार खर्च हुन सक्छ। कार्यपालिकाको बैठकले अनुमोदन गर्नुपर्ने भएकाले फर्छ्यौट हुन बाँकी छ।’

यी हुन् भ्रमणको उपलब्धि

लेकबेशी–१ बाट वडाअध्यक्षसहितको टोली भ्रमण गरेर फर्किएको करिब एक वर्ष बितेको छ। वडा कार्यालयको बजेट लिएर गएको टोलीले आफ्नो रहर पुरा गर्ने बाहेक अन्य केही उपलब्धि देखिएको छैन। भर्खरमात्रै भ्रमणबाट फर्किएको सिम्ता गाउँपालिकाले समेत समीक्षा गर्ने समय पाएको छैन। अबको केही दिनभित्र समीक्षा गरेर आगामी दिनको योजना सार्वजनिक गर्ने योजनामा छ। अध्ययन र अवलोकन गरी आफ्नो स्थानमा प्रयोग गर्ने उद्देश्यले गरिएको भ्रमणको यी हुन् उपलब्धि:

लाखौँ खर्चेको भ्रमणको उपलब्धि वडाअध्यक्षकै शब्दमा

‘भ्रमण गएपछि अवलोकन गर्ने। हामीबाट वडाबाट के गर्न सकिन्छ सोच राखेका छौँ। नगरपालिकासँग के गर्न पर्छ भन्ने सोच बनाइराखेका छौँ। अब आउने आर्थिक वर्षमा के गर्न पर्छ भन्ने सोच्दैँ छौँ। अहिलेसम्म पुरानो बजेट हो। सबै बाँडफाँड भइसकेको थियो।’

गाउँपालिका अध्यक्षकै शब्दमा

‘गरिबी नक्सांकनका आधारमा अति विपन्न वर्गमा परेकालाई निशुल्क विमा गर्ने व्यवस्था एक खालको प्याकेज (स्वास्थ्य विमा)। कृषिको आधुनिकीकरण, कृषिमा भएको फर्महरु, बाख्रा पालन, गाईपालनको कुरा छ त्यसलाई व्यवसायीकरण गर्ने भन्ने छ। आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा अलि बढी लगानी विनियोजन गर्ने भन्ने छ। पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने भन्ने छ। हामीले तीन वटा क्षेत्र पर्यटन क्षेत्र घोषणा गरेका छौँ। तामाचुली भोटेचुली, राकमबाट छेडा र राजदरबारबाट कोटेश्वरसम्म यो एरियामा होमस्टेको स्थापना गरेर आन्तरि र बाह्य पर्यटन प्रर्वद्धन गर्ने एउटा छलफल भएको छ।

विशेष टार्गेट भनेको गाउँपालिका नगरपालिकासँग एकआपसमा सेयरिङ गर्‍यौं।  विशेषगरी संस्थागत विकास, आर्थिक विकास र सामाजिक विकासको कुरा ओभरलमा भन्दा नीतिगत रुपमा। अलि डिटेलमा हामी समीक्षा पछि सार्वजनिक गर्छौं।’

 

तालमेल नमिलेका जनप्रतिनिधि

एउटै गाउँ तथा नगरपालिकामा पनि जनप्रतिनिधिको तालमेल मिलेको पाइदैन। यसको एउटा गतिलो उदाहरण हो सिम्ता गाउँपालिकाले गरेको भ्रमण केही वडाअध्यक्षसहित सदस्यले बहिष्कार गरे भने भ्रमण पनि गएनन्। गाउँपालिकाले फजूल खर्च गर्न थालेको भन्दै विरोध जनाए।

वडा नम्बर २ का वडा अध्यक्ष हरिबहादुर सिंह ठकुरीका अनुसार तीन जना वडाअध्यक्ष सहित १४÷१५ जना जनप्रतिनिधिले बहिस्कार गरेको उनी बताउँछन्।

बहिस्कार गर्ने वडा अध्यक्ष ठकुरी यस्तो भन्छन्ः 

‘भ्रमणमा हामी जान्नौँ। बरु भ्रमणको सट्टा विकास निर्माणमा लगाऔँ भन्ने हाम्रो भनाई हो। भ्रमण जानको लागि कार्यपालिकाले पनि निर्णय गरिसक्यो। हामीले नजाने भनेर बहिष्कार गरेको हो। हामीले शिक्षा, स्वास्थ्यमा लगानी गरौँ या सिम्ताको कुनै पनि क्षेत्रमा विकास गरौँ भन्ने हो।’

 

जनप्रतिनिधिको भ्रमणप्रति के भन्छन् विज्ञ?

शिक्षा विद् एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले जनप्रतिनिधि भ्रमणमा फजूल खर्च गर्ने काम उपयुक्त नभएको बताउँछन्। निर्वाचनमा जनतामाँझ निस्वार्थ सेवा गर्ने प्रतिवद्धता सहित आएको जनप्रतिनिधिप्रति आपत्तिनै जनाए।