BIZMANDU
www.bizmandu.com

नर्वेजियन एयरले बोइङ ७३७ को उडान रोकेबापत क्षतिपूर्ति माग्यो, बिल बोइङ कम्पनीलाई पठाउने

२०७५ फागुन ३०


न्यूयोर्क। नर्वेजियन एयरले इथियोपियन एयरलाइन्सको दुर्घटनापछि बोइङ ७३७ म्याक्स एट बिमान ग्राउन्डेड भएकोमा कम्पनीसँग क्षतिपुर्ति माग गर्ने बताएको छ।

Tata
GBIME
Nepal Life

नर्वेजियन पहिलो एयरलाइन्स हो जसले बोइङ उडान नगर्दा हुने क्षतिको सोधभर्ना मागेको हो। अन्य एयरलाइन्सले पनि नर्वेजियनलाई पछ्याउन सक्ने बताइएको छ।

यूरोपभरका उड्डयन प्राधिकरणले गत आइतबार भएको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स एट जेटको दुर्घटनापछि उक्त जेडको उडानमा रोक लगाउने निर्देशन दिएको थियो।

बिगत ६ महिना यता बोइङङ ७३७ म्याक्स एट बिमान दोस्रो पटक ठूलो दुर्घटनामा परेको हो।

नर्वेजियनसँग ८ वटा ७३७ बोइङ प्लेन छ। त्यसमध्ये धेरैजसोले ट्रान्स एटलान्टिक फ्लाइट अर्थात यूरोपदेखि अमेरिकाको पूर्वी तटसम्मको यात्रा गर्छ। एयरलाइन्सले १ सयभन्दा बढी ७३७ म्याक्स एट प्लेन खरिदको अर्डर समेत दिइसकेको थियो।

नर्वेजियन एयरलाइन्सका सिइओ बर्न जोसले भनेका छन् – 'हामीले नयाँ बिमानहरु पार्क गर्नु परेबापतको कुनै पनि खर्च ब्योहोर्ने छैनौं। हामी यसको बिल उसैलाई पठाउनेछौं जसले यी एयरक्राफ्ट उत्पादन गरेको हो।'

जोसले प्लेन ग्राउन्डेड गर्नुपरेकोमा यात्रुहरुसँग माफी समेत मागेका छन्।