BIZMANDU
www.bizmandu.com

विप्रोका अध्यक्ष एशियाकै दानी, २१ अर्ब डलर दानमा

२०७५ फागुन ३०

विप्रोका अध्यक्ष एशियाकै दानी, २१ अर्ब डलर दानमा
विप्रोका अध्यक्ष एशियाकै दानी, २१ अर्ब डलर दानमा



भारतका अर्बपति ब्यापारी तथा विप्रो कम्पनीका अध्यक्ष अजिम प्रेमजीले हालै २१ अर्ब डलर परोपकारी कामका लागि दिने घोषणा गरेका छन्। यसबाट उनी एशियाकै सबैभन्दा दानी तथा विश्वका पाँच ठूला परोपकारीमध्ये परेका छन्।

Tata
GBIME
Nepal Life

७३ वर्षका अर्बपति प्रेमजीले आफ्नो कम्पनी विप्रोको सफ्टवयर सर्भिसको ३४ प्रतिशत शेयरबाट हुन आउने सबै आम्दानी अजिम प्रेमजी फाउन्डेसनलाई दिने घोषणा गरेका हुन्। यसबाट भारतको चौथो ठूलो सफ्टवेयर सर्भिस एक्सपोर्टर विप्रोको ७.५ अर्ब डलर परोपकारी कार्यका लागि प्रयोग हुनेछ।

यसका सथै प्रेमजीले विप्रोको ६७ प्रतिशत शेयरबाट प्राप्त हुने लाभांश पनि परोपकारमा लगाउने प्रतिबद्धता जनाएका छन्। प्रेमजी तथा उनको परिवारको विप्रो कम्पनीमा ७४.३० प्रतिशत हिस्सा रहेको छ।

'प्रेमजीको यो कदमले परोपकारको लक्ष्यलाई थप बिस्तार गरिदिएको छ।'- इन्फोसिसकी रोहीणी निलकानीले भनिन्। रोहिणी र उनका श्रीमान इन्फोसिसका सहसंस्थापक नन्दन निलकानीले आफ्नो सम्पूर्ण सम्पत्तिको आधा हिस्सा परोपकारी काममा सुम्पने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन्।  

'यति ठूलो कामकालागि प्रेमजीको जस्तो बोल्ड माइन्ड चाहिन्छ।'- रुक्मिणीले भनिन् -' उनी भारतमा ब्याप्त जटिल सामाजिक समस्या पहिचान गरी सम्बोधन गर्नमा पक्कै सफल हुनेछन्।'

भारतमा परोपकारका कार्य कठिन अवस्थाबाट गुज्रिरहेका बेला प्रेमजीको यो घोषणा आएको हो।

भारतमा हाल परोकारी कामकालागि दिइने चन्दा रकम घट्दै गएको छ। गत हप्तामात्रै बायन एण्ड कम्पनीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा भारतमा १० करोडभन्दा माथि दिइने गरेको चन्दा रकम ४ प्रतिशतले घटेको देखिएको छ।

सन् २०१४ यता परोपकारकालागि दिइदैं आएको रकममा गिरावट देखिएको हो। ५ करोड डलरभन्दा माथि सम्पति भएका धनाढ्य वर्ग १२ प्रतिशतले बढेको यस अवधिमा चन्दा तथा सहयोग दिने क्रममा भने गिरावट देखिएको बायन एण्ड कम्पनीको अध्ययन प्रतिवदेनमा भनिएको छ।

'प्रेमजीको यो परोपकारी कार्य जमसेतजी टाटा र डोराबजी टाटाजस्ताले ऐतिहासिक समयमा गरेको सहयोगसँग मेल खानेछ'- बायन क्यापिटलका म्यानेजिङ डाइरेक्टर अमित चन्द्राले भने।

'डेढसय वर्ष लामो कालखण्डमा परोपकारका लागि जे जति काम भएका छन्। प्रेमजीले बिगत दश वर्षमा नै त्यस्तो कार्यमा संलग्न भएर आफ्नो लागि त्यो उचाईं हासिल गरेका छन्।'- चन्द्राले भने।

एक दशकदेखि विप्रोका अध्यक्ष प्रेमजीले अजिम प्रेमजी फाउनण्डेसनबाट शिक्षा केन्द्रित परोपकार कार्य गरिरहेका छन्।

उनले प्रवर्द्धन गरेको फाउन्डेसन भारतका दुर्गम भेगहरुमा गुणस्तरीय शिक्षाको विस्तारमा लक्षित छ। उनले बेंगलुरुमा अजिज प्रेमजी युनिभर्सिटी समेत संचालन गरेका छन्। 'हाम्रा सबै क्रियाकलापले दीगो विकासलाई बढावा दिन्छ।'-अजिम प्रेमजी फाउन्डेसनका सिइओ अनुराग बेहरले भने। 'तर यसकालागि हामीलाई अनन्तसम्म निरन्तर पुँजीको आवश्यकता पर्छ।'

फाउन्डेसनले प्रेमजीबाट प्राप्त रकमकासाथै शेयरबाट प्राप्त हुने डिभिडेन्टहरु प्रयोग गरी परोपकारका सबै क्रियाकलापहरु संचालन गर्दै आएको छ। प्रेमजी युनिभर्सिटी उत्तर भारतकै दोस्रो ठूलो विश्वविद्यालयका  रुपमा रहेको छ।

हालै विश्वविद्यालयले आफ्नो क्षमता बढाएर गत वर्षभन्दा पाँच गुनाले बढी विद्यार्थी लिने योजना बनाएको छ। हाल विश्वविद्यालयमा १५ सय विद्याथी वर्षेनी भर्ना हुने गरेका छन्।

यसैगरी फाउन्डेसनले उत्तराखण्ड, कर्नाटक, राजस्थानका दुर्गम भेगमा गुणस्तरीय शिक्षा विस्तारकालागि कार्यक्षेत्र बढाउने बताएको छ । फाउन्डेसनले अन्य गैरनाफामुलक संस्थाहरुलाई पनि सहयोग गर्नेछ।

सन् २०१४ देखि प्रेमजी फाउन्डेसनले शिक्षाका अतिरिक्त अन्य गैरनाफामुलक संस्थाहरुलाई पनि फण्ड प्रदान गर्दै आएको छ।

गत पाँच वर्षमा फाउन्डेनसले भारतका डेढसय भन्दा बढी संस्थालाई फण्ड उपलब्ध गराएको छ।

'प्रेमजीको कदम अर्बपति, करोडपति वा सामान्य नागरिक सबैको लागि प्रेरणादायी छ । हामीसँग पर्याप्त धन होस् वा नहोस् सोच्ने बेला भैसकेको छ कि हामी सबैसँग अरुलाई सहयोग गर्नकालागि समय र सेवा पनि त छ।'- बायनका चन्द्राले भने।