BIZMANDU
www.bizmandu.com

मलेसियाका प्रधानमन्त्री महाथिरले चन्द्र ढकाललाई बताएको त्यो विकास मन्त्र, ‘मनोबल दियौं’

२०७५ फागुन ३०

मलेसियाका प्रधानमन्त्री महाथिरले चन्द्र ढकाललाई बताएको त्यो विकास मन्त्र, ‘मनोबल दियौं’
मलेसियाका प्रधानमन्त्री महाथिरले चन्द्र ढकाललाई बताएको त्यो विकास मन्त्र, ‘मनोबल दियौं’


लमजुङ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी सरकारको साझेदार भएको बताएका छन्। 

Tata
GBIME
Nepal Life

लमजुङको बेसीशहरमा सञ्चालित गण्डकी प्रदेशस्तरिय छैंटौ लमजुङ महोत्सवको समापन कार्यक्रममा ढकालले भने- कुनै आयोजना बन्छ भने उद्योगीजस्तै सरकार पनि त्यसको साझेदार हुन्छ, किनभने त्यो आयोजनाले गर्ने मुनाफाको २५ प्रतिशत करका रुपमा सरकारले पाउँछ। त्यहीकारण साझेदारका लागि राम्रो वातावरण बनाउने दायित्व सरकारको पनि रहन्छ।

स्थानीय, प्रदेश र केन्द्रीय तीनै तहको सरकारले उद्यमीसँग साझेदारले जस्तै गरी हातेमालो गर्ने हो भने तिव्र आर्थिक विकासका लागि धेरै समय नलाग्ने समेत उपाध्यक्ष ढकालले बताए।

आईएमइ समूहका अध्यक्ष समेत रहेका ढकालले उदाहरण दिँदै भने, 'मलेसियालाई आर्थिक विकासको चरममा पुग्न २०/२२ बर्ष पनि लागेन। त्यसको श्रेय मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदलाई जान्छ। मैले उहाँसँग नेपालमै एक दिन विताउने मौका पाएको थिएँ,  मैले उहाँलाई सोधेँ पनि आखिर मलेसियाले २०/२२ वर्षमा यति धेरै प्रगति कसरी गर्यो? 

महाथिरको जवाफ थियो, हामीले लगानीलाई सँधै प्रोत्साहन गर्यौं, लगानीकर्तालाई मनोवल र वातावरण दियौं। आज हामीले त्यसको प्रतिफल पाइरहेका छौं।'

महासंघका उपाध्यक्ष ढकालले तिव्र आर्थिक विकासका लागि विदेशी लगानीकर्तासँगै स्वदेशी लगानीकर्तालाई पनि प्राथमिकता दिनु पर्ने बताए। स्वेदशी लगानीकर्ताको क्षमता विस्तार गर्ने, उनीहरुलाई उपयुक्त वातावरण दिँदा देशलाई अझ बढि फाइदा हुन्छ, उनले भने।

अहिले पनि परियोजना निर्माण तयारीका लागि मात्रै वर्षौं समय लाग्ने गरेको उनले बताए। स्थानीय सरकारले स्थानीय विषयमा, प्रदेश सरकारले प्रदेशका चासोमा र केन्द्रिय सरकारले लगानीकर्ताका समस्यालाई तदारुक्ताका साथ समाधान गरिदिने हो परियोजना निर्माणको समय र लागत कम हुने उनले बताए। 'त्यो लागत र समयलाई सदुपयोग गरेर अर्को परियोजना बनाउन सकिन्छ, उनले भने। 

लमजुङको वेशीशहरमा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापाले लमजुङको व्यापारीक, पर्यटन र औद्योगीक विकासमा महोत्सवले  टेवा पुग्ने बताए। 

प्रधानसेनापती थापाले लमजुङको बेसीशहर नगरपालिका २ वगालेगाउँमा सेनाले कृषि तालिम केन्द्र सञ्चालन गर्न लागेको जानकारी समेत दिए। त्यसका लागि ३ सय ५८ रोपनी जग्गा समेत खरिद गरिएको बताए। 

फागुन १९ गतेदेखि २९ गतेसम्म सञ्चालित महोत्सवमा २० करोड रुपैयाँको कारोबार भएको थियो।

महोत्सव आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले जिल्लाको कृषि, जडिबुटी, पर्यटन, जलविद्युतको साथै स्थानीय व्यापार–व्यवसायको प्रवर्द्धनका लागि लमजुङ महोत्सव सञ्चालन गरिएको बताए।