BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईमा बैकरसँग भएको छलफलप्रति पूर्वका उद्योगी असन्तुष्ट, आन्दोलन गर्ने धम्की


एफएनसीसीआईमा बैकरसँग भएको छलफलप्रति पूर्वका उद्योगी असन्तुष्ट, आन्दोलन गर्ने धम्की
एफएनसीसीआईमा बैकरसँग भएको छलफलप्रति पूर्वका उद्योगी असन्तुष्ट, आन्दोलन गर्ने धम्की


विराटनगर। ब्याजदर आन्दोलनको अगुवाई गरेको उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स संघबीच भएको वार्ताप्रति असन्तुष्टी जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तिय संस्थाले चर्को ब्याजदर नघटाए देशव्यापी आन्दोलन गर्ने संगठनले चेतावनी दिएको छ। महासंघले ब्याजदर आन्दोलनबाट बैंकरसँग विग्रिएको सम्वन्ध सुधारका लागि आईतबार वार्ता गरेको थियो। आइतबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ब्याजदर र सेवा शुल्कको विषयमा सहमतिको आधार तय भएको थियो। यही छलफलप्रति संगठनले असन्तुष्टी जनाएको हो।

‘खासमा त्यो औपचारिक वार्ता थिएन’, संगठनका अध्यक्ष अध्यक्ष घिमिरेले भने, ‘महासङ्घका अध्यक्ष भवानीजीले हामीलाई बताउनु भएअनुसार फोनमा ढुङ्गानाजीहरूले एक छिन भेट्ने समय माग्नुभएछ । भवानीजीहरूले पनि आउनोस् भन्नुभएछ । भवानीजीले पहिले ब्याज र जथाभावी शुल्क घटाउनूस् अनि मात्र औपचारिक रूपमा कुरा हुन्छ भन्ने धारणा राख्नु भएछ । यसपछि उहाँहरू उठेर हिँड्नु भएछ । भएको यत्ति हो ।’ उनले एफएनसीसीआई र बैकरबीच भएको छलफल नमान्ने समेत संकेत गरे।

तर यो छलफलका लागि महासंघलनै पहल गरेको हो। छलफलकै दिनमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उद्योगी र बैंकर परिपूरक भएकाले छलफलका लागि बोलाएको बताएका थिए। ‘हामीबीच केही असमझदारी जस्तो देखियो। यो असमझदारी हटाउँदै लैजान आवश्यक भएकाले छलफल अघि बढाएका हौं’ उनले बिजमाण्डूसँग भनेका थिए,’यो छलफलले उद्योग र बैंक दुबैलाई फाइदानै गर्छ।’ महासंघकै कार्यकारी सदस्य अञ्जन श्रेष्ठले बैंकरसँग सौहार्दपूर्ण छलफल भएको जानकारी दिएका थिए।

वाणिज्य बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कको निर्देशनलाई समेत अटेर गरेको भीमको आरोप थियो ।राष्ट्र बैङ्कले मौद्रिकमार्फत र चैतबाट स्प्रेडदर ४ दशमलब ७५ र असारबाट ४ दशमलब ५ कायम गर्न दिएको छ।‘बैङ्कहरूले अहिले पनि कर्जाको नवीकरण शुल्क भनेर १ देखि २ प्रतिशत असुल गरिरहेका छन्’, उनको आक्रोश थियो, ‘बैङ्कले कुनै शुल्क लिन पाउँदैन भनेर अर्थ मन्त्रीजीले भनिसक्नु भएको छ तर पनि मनपरी ढङ्गले सेवा शुल्क लगाइएको छ ।’

एफएनसीसीआईमा भएको छलफलमा सेवा शुल्क घटाउने बारेमा सबै बैंकसँग छलफल गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता बैंकरले गरिसकेका छन्।घिमिरेले अब सरकारलाई अन्तिम आग्रह गरिने र त्यसको सम्बोधन नभए महासङ्घका नेतृत्वमा देशव्यापी आन्दोलन गरिने चेतावनी दिए ।
‘हाम्रो मागको सम्बोधन नगरिए हामी व्यवसायीको राष्ट्रिय भेला गर्नेछौँ र त्यही भेलाले आन्दोलनको निर्णय गर्नेछ’, भीमको भनाइ छ, ‘आन्दोलनको नेतृत्व महासङ्घले लिनेछ । मोरङ, वीरगञ्ज, भैरहवा र झापाका उद्योगवाणिज्य सङ्घले आन्दोलनको संयोजन गर्नेछन् ।’