BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री खतिवडाले भने- ‘लघुवित्तलाई विकास बैंकमा स्तरोन्नतिबारे सोचिरहेका छौँ’

२०७५ फागुन २७

अर्थमन्त्री खतिवडाले भने- ‘लघुवित्तलाई विकास बैंकमा स्तरोन्नतिबारे सोचिरहेका छौँ’
अर्थमन्त्री खतिवडाले भने- ‘लघुवित्तलाई विकास बैंकमा स्तरोन्नतिबारे सोचिरहेका छौँ’


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त वित्तीय संस्थालाई मर्जरको बाटोबाट विकास बैंकमा स्तरोन्नति गर्न लागिएको बताएका छन्। लघुवित्तको संख्या धेरै भएको र त्यसका लगानीलाई एकीकृत गरि पुँजी निर्माणमा परिचालन गर्न यो विकल्प सोचिएको खतिवडाले बताए।

Tata
GBIME
Nepal Life

'बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन संशोधनमार्फत यो विषय अघि बढाउन खोजेका छौँ र यो हाम्रो अत्यन्तै सुरुवाती तयारी हो,' खतिवडाले भने, 'लघुवित्त धेरै भए, तिनीहरूलाई एकै ठाउँमा ल्याएर ख वर्गमा स्तरोन्नति गर्न खोजिएको हो।'साना किसान लघुवित्त वित्तीय संस्थाको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले लघुवित्त र सहकारी संस्थाको ब्याजदर धेरै हुन नहुने बताए। 'सञ्चालन खर्च र पुँजी क्षयीकरण नहुने गरि ब्याजदर तय हुनुपर्छ,' उनले भने। 

साना किसान र स्थानीय तहका जनतासँग जोडिने लघुवित्तले धेरै ब्याज लिँदा त्यसले व्यवसाय गर्नेमाथि समस्या पर्ने भएकाले न्यून व्याजदरमा लगानी गर्नुपर्ने उल्लेख गरे। अर्थमन्त्री खतिवडाले नेपालमा निरपेक्ष गरिबीको संख्या ठुलो रहेकाले त्यसलाई घटाउने गरि काम गर्नुपर्ने बताए। '२१ प्रतिशत परिवार अझै पनि निरपेक्ष गरिबीको रेखामुनि छन्, त्यसलाई घटाउने गरि स्थानीय तहमा काम गर्ने यस्ता संस्थाले काम गर्नुपर्छ,' उनले भने।