BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकको विरगञ्जमा वित्तीय साक्षरता कार्यक्रम

२०७५ फागुन २७

काठमाडौं। मुक्तिनाथ विकास बैंकले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मूल आशयले विरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

Tata
GBIME
Nepal Life

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिमन्युनीकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराइएको थियो। 

कार्यक्रममा १०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो। हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार ३८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन्।