BIZMANDU
www.bizmandu.com

आरएमसी सिमेन्टले गरायो ७० करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ, बर्ष दिनमा सवा अर्बको ‘टर्नओभर’

२०७५ फागुन २७

आरएमसी सिमेन्टले गरायो ७० करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ, बर्ष दिनमा सवा अर्बको ‘टर्नओभर’
आरएमसी सिमेन्टले गरायो ७० करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ, बर्ष दिनमा सवा अर्बको ‘टर्नओभर’

काठमाडौं। आरएमसी सिमेन्टले ७० करोड ५० लाख रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ। कम्पनीले ५५ करोड ५० लाख रुपैयाँ अल्पकालिन ऋणको रेटिङ गराएको छ भने १५ करोड रुपैयाँ दीर्घकालिन ऋणको रेटिङ गराएको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले अल्पकालिन तथा दीर्घकालीन दुबै प्रकृतिको ऋणको लागि सुरक्षित आधार जनाउने सूचक 'इक्रा एनपि ए थ्रि' रेटिङ प्राप्त गरेको छ। कम्पनीको वित्तीय अवस्था राम्रो भएको हुँदा रेटिङ पनि राम्रो पाएको हो। 

कम्पनीले लिइसकेको ऋणको लागि रेटिङ गरेको हो। नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋणको अनिवार्य रेटिङ गर्नु पर्ने व्यवस्था गरेसँगै कम्पनीहरुले ऋण नवीकरण गर्नेबेलामा रेटिङ गर्न थालेका हुन्। 

कम्पनीले आफ्नो सहायक कम्पनी पाल्पा सिमेन्ट उद्योग रहेको छ। नेपालमा भौतिक पुर्वाधारको निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको हुँदा सिमेन्टको बजार राम्रो रहेको एजेन्सीले जनाएको छ। कम्पनीको उत्पादन समयमा बिक्री हुँने हुँदा वित्तीय अवस्थाका राम्रो रहेकोले रेटिङ पनि राम्रो पाएको एजेन्सीले जनाएको छ। 
 
कम्पनीले गत आर्थिक वर्षमा उत्पादन बिक्री गरेर एक अर्ब ३० करोड रुपैयाँ आम्दनी गरेको थियो भने नाफा १० करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो। चालु आर्थिक वर्षको ५ महिनामा कम्पनीले ३६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ।