BIZMANDU
www.bizmandu.com

स्पर्श लघुवित्तको आइपिओ आजदेखि, दुई लाख ५२ हजार कित्ता सर्वसाधारणलाई, न्यूनतम १० कित्ता

२०७५ फागुन २६

स्पर्श लघुवित्तको आइपिओ आजदेखि, दुई लाख ५२ हजार कित्ता सर्वसाधारणलाई, न्यूनतम १० कित्ता
स्पर्श लघुवित्तको आइपिओ आजदेखि, दुई लाख ५२ हजार कित्ता सर्वसाधारणलाई, न्यूनतम १० कित्ता


काठमाडौं। स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ।

Tata
GBIME
Nepal Life

संस्थाले सर्वसाधारण तर्फको दुई लाख ६९ हजार कित्ता शेयर मध्ये ४ हजार १४८ कित्ता कर्मचारी र १३ लाख ४८२ कित्ता बाँडफाँड गरि बाँकी दुई लाख ५२ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १३४० कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ। संस्थाले पहिलो चरणमा फागुन २९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएर ढिलोमा चैत २५ गतेसम्म निष्काशन गर्ने स्वीकृति पाएको छ।

आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता खोलेकाहरुले अनलाइन आवेदन दिन सक्छन्। संस्थाले प्राथमिक शेयर निष्काशन गरे सँगै संस्थापक तर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारण तर्फ ३२.५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा ८ करोड २९ लाख रुपैयाँ कायम हुनेछ।

नेपाल राष्ट्र बैंकबाट १० वटा जिल्लामा कार्यक्षेत्र रहने गरि अनुमति पाएको संस्थाले ०७४ असारदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाले एक लाख एक हजार रुपैयाँ नाफा गरेको थियो। प्राथमिक शेयर निष्काशन सँगै संस्थाले पशुपालन, खुद्रा व्यापार तथा सेवा कर्जा र साना तथा घरेलु कर्जा प्रवाह गर्नेछ।