BIZMANDU
www.bizmandu.com

कोरियाबाट रेमिटेन्स ल्याउन अर्को बैंक थपियो, सानिमा बैंकले पनि गर्यो सम्झौंता

२०७५ माघ २९

कोरियाबाट रेमिटेन्स ल्याउन अर्को बैंक थपियो, सानिमा बैंकले पनि गर्यो सम्झौंता
कोरियाबाट रेमिटेन्स ल्याउन अर्को बैंक थपियो, सानिमा बैंकले पनि गर्यो सम्झौंता


काठमाडौं। सानिमा बैंक र भिपी आईएनसिबीच दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउने सम्झौंता भएको छ। सम्झौंतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भिपीबाट प्रमुख कार्यकारी अधिकृत जुनकिमले हस्ताक्षर गरे।

Tata
GBIME
Nepal Life

सम्झौंता अनुसार बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसमार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १० हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

सानिमा एक्सप्रेसले युएई, मलेसिया, कतार, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरीबाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा दिँदै आएको छ।