BIZMANDU
www.bizmandu.com

ओलीले भने-‘कतिपयलाई नौ महिनामै सरकार ढल्छ भन्ने परेको छ, यो बहुमतको सरकार हो, अहिल्यै ढल्दैन’

२०७५ माघ २९


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार तत्काल नढल्ने दाबी गरेका छन्।

Tata
GBIME
Nepal Life

मंगलबार प्रहरी निरिक्षक आधारभुत तालिम १७८ ‌औं समुहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देशले विकास र समृद्धि हासिल नगरेसम्म सरकार नढल्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले भने,’ कतिको बानी परिसकेको छ। नौ महिनामा नै यो प्रधानमन्त्री हटिहाल्छ भन्ने। तर यो सरकार अहिले ढल्दैन।‘  प्रधानमन्त्री ओलीले बहुमतको सरकार भएकाले सुशासन र विकास स्थापना गर्ने समेत दाबी गरे।

दीक्षित प्रहरीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले प्रहरीको बढुवा तथा सरुवामा कसैको दलाली नबन्न समेत आग्रह गरेका थिए। ‘आफु मातहतलाई अनुशासनमा राख्नुहोस्। आफू पनि अनुशासनमा बस्नुहोस्। माथिका दर्जालाइ दलाली नगर्नुहोस्। प्रहरी दलाली होइन।‘  प्रधानमन्त्री ओलीले प्रमोसनको लागि सबैलाई रिझाउन र धाउनसमेत नगर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले राजनीतिक आडमा अपराधिक गतिविधि गर्न छुट नहुने पनि बताए। प्रधानमन्त्रीले भने, ’अब अपराधको राजनीतिकण अन्त्य हुन्छ। बम पड्काउने मान्छे, चन्दा आतंक मच्चाउन र राजनीतिको खोल ओढ्ने कुरा सही हुदैन।‘ प्रधानमन्त्री ओलीले प्रहरी प्रतिष्ठान सार्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गलत आरोप लगाएकोसमेत टिप्पणी गरे।