BIZMANDU
www.bizmandu.com

बीमा कम्पनीको पूँजी वृद्धिका लागि समय नथपिने, क्यापिटल प्लान बीमा समितिले माग्दै

२०७५ माघ २९

बीमा कम्पनीको पूँजी वृद्धिका लागि समय नथपिने, क्यापिटल प्लान बीमा समितिले माग्दै
बीमा कम्पनीको पूँजी वृद्धिका लागि समय नथपिने, क्यापिटल प्लान बीमा समितिले माग्दै


काठमाडौं। बीमा समितिले पूँजी वृद्धिको लागि समय थप नगर्ने भएको छ। यसअघि ६ महिना समय थप गरिसकेको समितिले औपचारिक रुपमा समय थप नगरि पूँजी जुटाउन नसक्ने कम्पनीहरुलाई पुनः पूँजी वृद्धि योजना माग्ने भएको छ।

Tata
GBIME
Nepal Life

पूँजी जुटाउन नसक्ने कम्पनीहरुलाई समितिमै बोलाएर जुटाउन नसक्नुको कारण सहित योजना माग गरिने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जानकारी दिए। उनले भने 'अधिकांश कम्पनीले पूँजी जुटाउन सक्ने देखिएको छ। नसक्नेलाई बोलाएर योजना माग्छौ'।

   जीवन बीमा कम्पनीको पूँजी र योजना

जीवन बीमा कम्पनी

चुक्ता पूँजी (रुपैयाँमा)

योजना

एशियन लाइफ

1,256,725,500

हकप्रद र बोनस

गुराँस लाइफ

594,000,000

अन्योलमा

एलआइसी

1,334,677,500

बोनसबाट जुटाउने योजना

नेशनल लाइफ

2,649,727,300

पुरा

नेपाल लाइफ

4,396,928,600

पुरा

प्राइम लाइफ

1,784,835,000

बोनसबाट जुटाउने योजना

सूर्या लाइफ

1,131,900,000

हकप्रद र बोनस

राष्ट्रिय बीमा संस्थान

181,000,000

सरकारको निगाहामा

मेट लाइफ

0

बैकल्पिक बाटो अपनाउने

सरकारी तथा विदेशी सहित ९ जीवन बीमा कम्पनी मध्ये राष्ट्रिय बीमा कम्पनी सरकारको निर्णय कुरेर बसिरहेको छ। त्यस्तै विदेशी बीमा कम्पनी मेट लाइफलाई बीमा समितिले बैकल्पिक बाटो दिने प्रयास गरिरहेको छ। विदेशी बीमा कम्पनीको शाखा कार्यालयको रुपमा रहेको मेट लाइफले नियामकीय पूँजी जुटाउन नसक्ने बताउँदै आएको छ।

बीमा ऐनमा भएको व्यवस्थाले गर्दा मेट लाइफलाई समितिले नियामकीय पूँजी जुटाउने निर्देशन दिन सकेको छैन। बीमा ऐनमा कुनै पनि विदेशी बीमा कम्पनीको शाखाले अनुमति प्रदान गरि बीमा व्यवसाय गर्न सक्ने प्रावधान रहेको छ। अमेरिकामा प्रमुख कार्यालय रहेको तथा नियामकीय पूँजी भन्दा पनि जोखिममा आधारित पूँजीमा चल्ने भएकोले गर्दा समितिले निर्देशन गरेको पूँजी जुटाउन कम्पनी असमर्थ भएको हो।

अमेरिकामा प्रधान कार्यालय रहि नेपालमा शाखाको रुपमा रहेकोले यसको सम्पूर्ण दायित्व प्रधान कार्यालयले बहन गर्ने भएकोले यसका लागि छुट्टै व्यवस्था गर्नु पर्ने आवश्यकता देखिएको अध्यक्ष चापागाईले जानकारी दिए। समितिले कम्पनीको जोखिममा आधारित पूँजीलाई गणना गर्दै नियामकीय पूँजी जुटाउन नपर्ने व्यवस्थाका लागि सोचिरहेको अध्यक्ष चापागाईले बताए।

त्यस्तै सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान सरकारको निर्णय कुरेर बसिरहेको छ। निजीस्तरका बीमा कम्पनीहरु मध्ये गुराँस लाइफ इन्स्योरेन्स बाहेक अन्यमा समस्या देखिदैन। गुराँस लाइफले हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरे पनि निष्काशन गरेको थिएन।

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनी

चुक्ता पूँजी (रुपैयाँमा)

योजना/सम्भावना  

एभरेष्ट इन्स्योरेन्स

133,650,000

हकप्रद र बोनस

हिमालयन जनरल

1,027,212,800

जुट्यो

लुम्बिनी

880,000,000

बोनस शेयर

आइएमई जनरल

540,000,000

हकप्रद र बोनस

नेको इन्स्योरेन्स

784,185,300

बोनस शेयर

नेपाल इन्स्योरेन्स कम्पनी

617,627,100

हकप्रद र बोनस

एनएलजी इन्स्योरेन्स

640,406,000

बोनस शेयर

प्रभु इन्स्योरेन्स

1,005,075,900

जुट्यो

प्रिमियर इन्स्योरेन्स

584,015,300

बोनस शेयर

प्रुडेन्सियल इन्स्योरेन्स

641,520,000

बोनस शेयर

राष्ट्रिय बीमा कम्पनी

266,636,500

बोनस शेयर

सगरमाथा इन्स्योरेन्स

538,292,000

बोनस शेयर

शिखर इन्स्योरेन्स

1,054,792,100

जुट्यो

सिद्धार्थ इन्स्योरेन्स

865,918,400

बोनस शेयर

युनाइटेड इन्स्योरेन्स 

302,400,000

२४०% हकप्रद र बोनस

ओरियण्टल इन्स्योरेन्स

 

मर्जरको तयारीमा

नेशनल इन्स्योरेन्स

 

मर्जरको तयारीमा

हालसम्म तीन वटा निर्जीवन बीमा कम्पनीहरुले मात्रै तोकिएको पूँजी जुटाएका छन्। दुई विदेशी कम्पनी बाहेक बाँकी प्रकृयामा रहेका छन्। हाल चार वटा कम्पनी हकप्रद शेयरको प्रकृयामा छन्। आइएमई जनरल पूँजी जुटाउने अन्तिम अवस्थामा छ। एभरेष्टले अझै एक पटक हकप्रद निष्काशन गरेर पूँजी पुर्याउने कसरतमा छ।

नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसेको छ। युनाइटेडले सञ्चालक समितिबाट स्वीकृति पाएर थप प्रकृया अगाडि बढाइरहेको छ।

लेखापरीक्षणमा ढिलाइ
गत आर्थिक वर्षदेखि बीमा कम्पनीहरुले एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने भए पछि अहलेसम्म कुनै पनि कम्पनीहरुले लेखापरीक्षण गर्न सकेका छैनन्।

लेखापरीक्षणपछि बोनस शेयर दिएर पूँजी जुटाउने तयारी गरेका कम्पनीरुले समयमा पूँजी जुटाउन नसकेका हुन्। यसै विषयलाई नजिकबाट नियालेको समितिले पनि केही समयका लागि लचक बन्ने देखिएको हो। बोनस शेयर दिएर पनि पूँजी नजुटेमा मात्रै समितिले अन्य बाटो रोज्ने योजना बनाएको छ।

दुई विदेशी कम्पनी
भारतका दुई इन्स्योरेन्स कम्पनीले बीमा समितिमा तत्काल पूँजी जुटाउन नसक्ने जनाएका छन्। नेपालमा शाखाको रुपमा मात्रै रहेका ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीले शाखाको रुपमा रहेको भन्दै पूँजी जुटाउन नसक्ने बताएका हुन्।

पछिल्लो समय दुई कम्पनी मर्ज हुने तयारीमा रहेको र अहिलेलाई कुनै पनि निर्देशन जारि नगर्न अनुरोध गरेपछि समितिले तत्काल कुनै पनि निर्णय नगरेको चापागाईले बताए। उनले भने 'दुई कम्पनी ममर्जपछि नियामकीय पूँजी जुटाउन निर्देशन दिन्छौ।'