BIZMANDU
www.bizmandu.com

बेरोजगारलाई भत्ता दिने कार्यक्रम बुधबार घोषणा, तथ्यांक भने चैतबाट मात्रै संकलन गरिने

२०७५ माघ २८

बेरोजगारलाई भत्ता दिने कार्यक्रम बुधबार घोषणा, तथ्यांक भने चैतबाट मात्रै संकलन गरिने
बेरोजगारलाई भत्ता दिने कार्यक्रम बुधबार घोषणा, तथ्यांक भने चैतबाट मात्रै संकलन गरिने

काठमाडौं। फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घांटन गरेर कार्यान्वयनमा ल्याउन लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुनेहरुको तथ्यांक आगामी चैतबाट संकलन गरिने भएको छ। अहिले कार्यक्रमको उद्घाटन मात्र हुने छ।

Tata
GBIME
Nepal Life

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले पत्रकार सम्मेलन गर्दै फागुन १ गते दिउँसो प्रधानमन्त्रीले उद्घाटन गरेसँगै कार्यक्रम लागु हुने जानकारी दिए।

७५३ वटै स्थानीय तहमा रोजगार प्रतिनिधि छनौट प्रक्रिया चलिरहेको भन्दै फागुनभित्र रोजगार प्रतिनिधि छनौट गर्ने र चैत्रभित्र बेरोजगारको तथ्याङ्क संकलन गरिसक्ने मन्त्री बिस्टले बताए।

संकलन भएको तथ्याङ्कलाई प्रमाणीकरण गरिसकेपछि घरको कुनैपनि सदस्यले आयआर्जन नगरेको खण्डमा त्यस्ता व्यक्तिलाई विभिन्न सरकारी आयोजनामा रोजगारी दिइने छ। त्यसरी रोजगारी दिन नसकेमा बेरोजगार भत्ता दिने सरकारको तयारी छ।
 

 

DV.load(“https://www.documentcloud.org/documents/5733679-PDF-Latest-Press-Meet.js”, {
width: 810,
height: 500,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-5733679-PDF-Latest-Press-Meet”
});