BIZMANDU
www.bizmandu.com

थामखर्क विमानस्थल उडानयोग्य, रवीन्द्र अधिकारले भने- म आएपछि २८ वटा बिमानस्थल सञ्चालनमा

२०७५ माघ २८

थामखर्क विमानस्थल उडानयोग्य, रवीन्द्र अधिकारले भने- म आएपछि २८ वटा बिमानस्थल सञ्चालनमा
थामखर्क विमानस्थल उडानयोग्य, रवीन्द्र अधिकारले भने- म आएपछि २८ वटा बिमानस्थल सञ्चालनमा


खोटाङ। खोटाङको दक्षिण क्षेत्रको थामखर्क विमानस्थलको स्तरोन्नति पुरा भएको छ। कालोपत्रे र स्तरोन्नति पुरा भएको विमानस्थल सोमबार पर्यटन तथा नागरिक उड्डय मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

विमानस्थलको रनवे, जहाज पार्किङ स्थल, पक्की संरचना, रङरोगन लगायतका काम पुरा भएपछि विमानस्थलको स्वरुप नै फेरिएको छ। स्तरोन्नति पुरा भएर विमानस्थल नियमित रुपमा सञ्चालनमा आउने भएपछि स्थानीय उत्साहित बनेका छन्। 

विमानस्थल उद्घाटनपछि बोल्दै मन्त्रि अधिकारीले दुर्गम र पहाडी क्षेत्रमा हवाई सेवा दिनु सरकारको दायित्व भएको बताएका छन्। दुर्गम र पहाडी क्षेत्रमा जहाज जान छाडेको थियो। त्यो अवस्थालाई अन्त्य गर्दै आफुले मन्त्रालय सम्हालेपछि त्यस्तो अवस्थाको अन्त्य गरिएको बताए। उनका अनुसार, अहिले धेरै त्यस्ता स्थानहरु नियमित उडान भैरहेका छन्। 

उनले आफु मन्त्रालय सम्हाल्नुअघि १२/१३ वटा विमानस्थल संचालनमा रहेकोमा अहिले त्यसको सङख्या दोब्बर भन्दा बढी बनाएर २८ वटा विमानस्थल संचालनमा रहेको बताए। निकट भविष्यमा अरु चार वटा विमानस्थल संचालन गरेर ३२ वटा पुर्याइने मन्त्रालयले जनाएको छ। 

अहिले नेपाल एयरलाइन्स सबैभन्दा बढी यात्रु बोक्ने कम्पनीका रुपमा स्थापित भएको छ। यसलाई नयाँ जहाज ल्याएर अझ विस्तार गर्ने योजना रहेको बताए। मन्त्री अधिकारीले खोटाङका अरु दुई विमानस्थलको काम सुरु गर्न लागिएको बताए। २ महिनापछि लामिडाडामा स्तरोन्नतीका सुरु गर्ने र थामीडाडा विमानस्थलमा छिट्टै काम सुरु गर्ने तयारी भैरहेको छ। पर्यटन मन्त्रालयले खोटाङको बारापोखरीलाई नेपालका १ सय पर्यटकीय स्थलमा समावेश गरिएको हलेसीलाई स्थापित गन्तव्यका रुपमा राखेको छ।  

थामखर्क विमानस्थल कालोपत्रको काम रौता कन्ट्रक्सनले करिव १० करोड ६० लाख ७१ हजारमा करिव २७ महिनाको समय लगाएर पुरा गरेको हो। यो विमानस्थल काठमाडौं र विराटनगर विमानस्थलसँग हवाई सम्पर्कमा रहेको छ। कालोपत्रेको काम सुरु गरिएपछि २०७३ चैतबाट उडान रोकिएको थियो। २० रोपनी ६ आना ३ दाम क्षेत्रफलमा फैलिएको छ।  रनवे करिव ६ सय ३० मिटर लामो रहेको छ। 

खोटाङका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले थामखर्क विमानस्थल सुचारु भएपछि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। उनले समग्र खोटाङको विकासमा सहयोग पुग्ने भन्दै यसलाई नियमित बनाइदिन मन्त्रालयसँग आग्रह समेत गरे। 

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बर्षको ५/६ महिना मात्रै उडान हुने थामखर्क विमानस्थल स्तरोन्नतिपछि नियमित उडान भर्न सकिने अवस्थामा पुगेको बताए। उनले नेपाल वायुसेवा निगमले नियमित रुपमा साताको दुईपटक उडान भर्ने घोषणा गरेका छन्।  

'बर्षौदेखिको सपना पुरा भयो'
थामखर्क विमानस्थल संचालनमा आउने भएपछि स्थानीयले बर्षौदेखिको सपना पुरा भएको बताएका छन्। स्थानीय किरण राईले विमानस्थलले खुसी ल्याएको बताए। उनले  विमानस्थलबाट धेरै सुविधाहरु पाउने भन्दै समयमा उपचार नपाएर मृत्यु वेहोर्नु परेको अवस्था छ। विमानस्थल संचालनमा आएसँगै यस्ता समस्याहरुबाट राहात पाउने बताए। 

थामखर्कबाट काठमाडौं आउन झण्डै दुई दिन लाग्छ। त्यहाँबाट उदयपुर सम्म करिजव ९६ किलोमिटर कच्ची सडक रहेको छ। स्थानीयले विमानस्थल संचालनमा आउने भएपछि पन्चे बाजा र स्थानीय विभिन्न खालका नृत्यहरु देखाएर स्वागत गरेका थिए।