BIZMANDU
www.bizmandu.com

बजारमा लगानी गर्न पसेनन् ठूला लगानीकर्ता, घटाएरै किन्न खोज्दा कारोबार रकम घट्दो ट्रेण्डमा

२०७५ माघ २८


काठमाडौं। घट्दो ट्रेण्डमा रहेको बजारमा घटाएर मात्रै शेयर खरिद गर्ने मनस्थितीले पछिल्लो समय सूचक सँगै कारोबार रकम पनि घट्न थालेको छ।

Tata
GBIME
Nepal Life

नियमित रुपमा कारोबार गर्ने लगानीकर्ता बाहेक नयाँ ठूला लगानीकर्ता बजार प्रवेश नगर्दा शेयर खरिद बिक्रीमा मन्दि लागेको हो।

दुई चार सय कित्ता बाहेक ठूला कित्ता शेयर कारोबार गर्ने लगानीकर्ता बजारमा नभएको ब्रोकरहरु बताउँछन्। भएका लगानीकर्ताले पनि घटाएर मात्रै शेयर खरिद गर्न खोज्दा थोरै थोरै कित्ताले बजार घटाइरहेको उनीहरुको अनुभव छ।

पैसा आवश्यक पर्नेले बेच्ने अन्यथा बायर नै शेयर घटाएर मात्रै बस्ने प्रबृत्तिले बजार पेनिक भएको एक ब्रोकरले जानकारी दिए। पछिल्लो समय ठूला लगानीकर्ता सरकारप्रति नै संसङ्कित छन्। 'सरकारले कुन वेलामा कस्तो पोलिसी ल्याउने हो टुङ्गो छैन'- एक लगानीकर्ताले बताए।

बैंक व्याजदर उच्च हुँदा पनि लगानीकर्ताले कर्जा लिएर शेयर खरिद गरिरहेका छैनन्। बजारमा कारोबार रकम तथा सूचक बढ्न लगानीकर्ताको सरकारप्रति विश्वास हुनु पर्छ।

विस्वास नहुँदा बैंकबाट महंगा व्याजदरमा भएपनि कर्जा पाउने अवस्था छ। बजार घट्नुमा अनलाइन प्रणालीमा आएको समस्या पनि भएको ब्रोकरहरु बताउँछन्। सूचक घटिरहँदा ब्रोकर कार्यालयमा लगानीकर्ताहरु भिडभाड थप पातलिँदै गएको छ।

सोमबार नेप्से सूचक १.३४ अंकले सुधार भएपनि कारोबार रकम भने २० करोड २७ लाख रुपैयाँमा खुम्चिएको छ।

नेप्से सूचक ०.१२ प्रतिशतले सुधार भएर ११२८.८६ विन्दुमा रोकिएको छ। आज सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर एक करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।

चौतारी लघुवित्त वित्तीय संस्थाको बजार मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। संस्थाको प्रतिशेयर २८ रुपैयाँले बढेको छ।   बरुण हाइड्रोपावरको ३ प्रतिशतले घट्दा आधार मूल्य भन्दा ३ रुपैयाँले घटेर ९७ रुपैयाँमा कारोबार भएको छ।