BIZMANDU
www.bizmandu.com

नेप्सेको गल्तिले वमी माइक्रोफाइनान्सको बुकक्लोज: शेयर मूल्य ३७९ रुपैयाँले घट्यो, कारोबार भएन

२०७५ माघ २८

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले वमि माइक्रोफाइनान्सको विशेष साधारणसभाको बुक क्लोज गर्दा हकप्रद शेयरको मूल्य समायोजन गरिदिएको छ। संस्थाले फागुन ६ गते डाकेको विशेष साधारणसभाको लागि आज बुक क्लोजको घोषणा गरेको थियो। 

Tata
GBIME
Nepal Life

संस्थाले साधारणसभा प्रयोजनको लागि मात्रै बुक क्लोजको घोषणा गरेको संस्थाका कम्पनी सचिव प्रमेश आचार्यले जानकारी दिए। उनले भने 'हामीले साधारणसभाको लागि बुक क्लोज गर्ने जानकारी दिएकोमा हकप्रद शेयरको समेत मूल्य समायोजन भएको सूचना आयो।' हकप्रद शेयर साधारणसभाबाट पारित नभइ निष्काशन गर्न पाइँदैन। 

नेप्सेले साधारणसभाको बुकक्लोज गर्दा सोमबार दोस्रो बजारमा कारोबार हुन पाएको छैन। आइतबार ९८९ रुपैयाँमा कारोबार भएकोमा नेप्सेले सोमबार मूल्य समायोजन गरेर ६१० रुपैयाँ तोकेको छ।

यसले गर्दा दोस्रो बजारलाई पनि प्रभावित पारेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताब साधारणसभामा लैजाँदैछ।