BIZMANDU
www.bizmandu.com

लगानी स्रोत खोजिएपछि राष्ट्र बैंकको सम्पर्कमा आएनन् ५४ कम्पनी, डाबर नेपालले लगत देखाउन सकेन

२०७५ माघ २८

लगानी स्रोत खोजिएपछि राष्ट्र बैंकको सम्पर्कमा आएनन् ५४ कम्पनी, डाबर नेपालले लगत देखाउन सकेन
लगानी स्रोत खोजिएपछि राष्ट्र बैंकको सम्पर्कमा आएनन् ५४ कम्पनी, डाबर नेपालले लगत देखाउन सकेन

काठमाडौं। नेपाल राष्ट्र बैंकमा विदेशी लगानी भित्र्याउँछु भन्दै पुगेका ५४ वटा कम्पनीहरु वेपत्ता भएका छन्। यसमध्ये केही कम्पनी पूँजी लेखाङ्नका लागि पनि राष्ट्र बैंक पुगेका थिए। राष्ट्र बैंकले थप कागजपत्र मागेपछि उनीहरु बेपत्ता भएका हुन्। 

Tata
GBIME
Nepal Life

'विगतमा कुनै कम्पनी आयो भने दर्ता गरिदिने चलन थियो। पछि मात्र कागजपत्र माग्ने गरेका थियौं' राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुङ्गानाले बिजमाण्डूसँग भने, 'अचेल पुरै कागजपत्र हेरेपछि मात्र कम्पनीले स्वीकृति पाउँछन्। विगतमा आएका कम्पनीहरुसँग अहिले कागजपत्र मागिएको हो। उनीहरु अहिले सम्पर्कमा छैनन्।'

राष्ट्र बैंकले सम्पूर्ण कागजपत्र लिएर आउने कम्पनीलाई आवश्यक अनुसन्धान सकेर सातदेखि १५ दिनभित्र स्वीकृति दिने गरेको उनले जानकारी दिए।

लक्ष्मी स्टेल प्रालि लेखाङ्कनमा राष्ट्र बैंक पुगेको थियो। उसँग केन्द्रीय बैंकले घरजग्गा तथा हाउजिङमा लगानी भएकोले विद्यमान ऐन बमोजिम कार्यक्षेत्र मिलाउनका लागि सम्पर्कमा आउन भनेको छ। कम्पनी अहिले फरार छ। शिवशक्ति वायो प्लान्टीले रकम भित्र्याएको प्रमाण पेस गरेको छैन भने ग्रिन ब्रिक फ्याक्ट्रीले कुनैपनि कागजपत्र बुझाउन सकेको छैन।

हिरो बफ मिटको रकम भित्रिएको प्रमाण पुगेको छैन भने छैयुन मिनरल्सले स्वीकृत पूँजीभन्दा बढि लगानीको माग भएको देखिएको छ। होप नेपाल वायोपोनिकको बैंक मौज्दात कम देखिएको छ। एसेज आइटी सोलुसनको लगानीको स्रोत खुल्ने कागज छैन भने इन्टरनेशनल ग्रिन डेभलपर्सको शेयर लगत नै छैन। 

यसैगरी डोङसन इन्भेष्टमेन्टको लगानीको स्रोत खुलेको छैन। कोड लिड ग्रोको पनि लगानीको स्रोत खुलेको छैन। यस्तो स्रोत नखुल्नेमा नेपाल इभी कम्पनी पनि छ। सेन्या उडेनको उद्योग नै दर्ता छैन। डाबर नेपालले पूँजी लेखाङ्न स्वीकृति मागे पनि शेयर लगत देखाउन नसकेर संम्पर्कमा आएको छैन।

अधिकांस कम्पनीको लगानीको स्रोत खुलेको छैन। कतिपयले कागजात पुरा दिएका छैनन्। यो हुइ इन्टरनेशनको लगानीकर्ताको नाम नै फरक परेको छ। मेरिडियन एजुकेसन इन्भेष्टमेन्ट कम्पनीको कागजात नै मिलेको छैन। हिमालयन फ्रेन्च चिजको रकम खातामा आए पनि ब्यक्ति सम्पर्कमा छैनन्। युनिक इन्जिनियर्स कन्स्ट्रक्सन प्रालि बैंक स्टेटमेन्ट मागेपछि फरार भएको छ। डाङ्गोटे सिमेन्टको रकम भित्रिएको प्रमाण भेटिएको छैन र उ सम्पर्कमा पनि आएको छैन।

 

DV.load(“https://www.documentcloud.org/documents/5733601-FXM-NOTICE20190113.js”, {
width: 810,
height: 500,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-5733601-FXM-NOTICE20190113”
});