BIZMANDU
www.bizmandu.com

हुन्डाइको ‘द अल न्यू स्यान्ट्रो’ बिहीबारबाट नेपाली सडकमा, सुरुवाती मूल्य २४ लाख, यस्ता छन् विशेषत

२०७५ माघ २८

हुन्डाइको ‘द अल न्यू स्यान्ट्रो’ बिहीबारबाट नेपाली सडकमा, सुरुवाती मूल्य २४ लाख, यस्ता छन् विशेषत
हुन्डाइको ‘द अल न्यू स्यान्ट्रो’ बिहीबारबाट नेपाली सडकमा, सुरुवाती मूल्य २४ लाख, यस्ता छन् विशेषत


काठमाडौं। हुन्डाइ गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले 'स्यान्ट्रो' गाडीको नयाँ संस्करण 'द अल न्यू स्यान्ट्रो' नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले भ्यालेन्टाइन डेको अवशर पारेर सार्वजनिक गर्दैछ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यो गाडीको सुरुवाती मूल्य २४ लाख रुपैयाँ छ। २७ लाख रुपैयाँसम्म यसको मूल्य पर्छ। 

म्यानुअल गियर सिस्टम जडान गरिएको द अल न्यू सेन्ट्रो पुरानो संस्करणको तुलनामा थप आरामदायी रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गाडीमा पाँचवटा गियर छन्। चालक र यात्रुलाई आरामदायी बनाउनका लागि सीट लगायतका संरचना थप फराकिलो बनाइएको छ।
 
गाडीको अगाडि भागमा फग ल्याम्प जडान गरिएको छ भने गाडीमा हाइ मौन्टेड 'स्टप ल्याम्प' मा पाँचवटा वल्ब जडान गरिएको कारण चालकले ब्रेक लगाउँदा पछाडिका सवारीचालकले छिट्टै थाहा पाउन सक्ने कम्पनीले जनाएको छ। 

'किलेस इन्ट्रि' सुविधा रहेको गाडीमा प्रवेश गर्दा सवारीधनीले चाबीमा रहेको बटन क्लिक गरेकै भरमा ढोका खोल्न सक्नेछन्। गाडीको ढोका खोल्नका लागि राखिएको 'डोर ह्याण्डल' को रङ र गाडीको रङ एउटै भएको कारण यसले ग्राहकलाई थप आकर्षि गर्ने कम्पनीको दाबी छ। 

अघिल्लो भागमा समावेश गरिएको 'जेड' आकारले गाडीलाई स्पोर्टेज र डाइनामिक लुक्स दिइएको छ। मोड्न अथवा पार्किङ सहज बनाउनका लागि गाडीमा 'थ्री सिक्स्टी डीग्री' जुम इन र आउटको व्यवस्था राखिएको छ। प्रविधीमैत्री रहेको गाडीमा अडियो रिमोट कन्ट्रोलका लागि एण्ड्रोइड अटो सहितको आइब्लु स्मार्ट फोन एप र एप्पल कारप्ले सुविधा जडान गरिएको छ। यसका लागि १७.६४ सेन्टिमिटरको टच स्क्रिन जडान गरिएको कम्पनीले जनाएको छ।  

१.१ लिटर पेट्रोल इन्जिनयुक्त गाडीमा १०.१ केजी/एम को टर्कपावर र ४५ सय आरपीएम 'रिभोलुसन पर मिनेट' जडान गरिएको छ। चारवटा सिलिण्डर र १२ वटा भल्भ जडान गरिएको न्यु स्यान्ट्रोको अगाडि डिस्क ब्रेक र पछिल्लो भागमा ड्रम ब्रेक जडान गरिएको छ। गाडीमा ३५ लिटर क्षमताको ट्यांकी जडान गरिएको छ।  

हाइ स्ट्रेन्थ स्टिल जडान गरिएको गाडी सुरक्षाको हिसाबले मजबुत रहेको कम्पनीको दाबी छ। यात्रु र गाडीको सुरक्षालाई मध्यनजर गर्दै गाडीमा रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामरा जडान गरिएको छ भने स्पीड सेन्सी अटोडोर लक अनलक सिस्टम जडान गरिएको छ।