BIZMANDU
www.bizmandu.com

आइएमई र विशाल समूह प्रवर्द्धक रहेको इमर्जिङ नेपालले साधारण शेयर जारी गर्ने, रेटिङ गरायो

२०७५ माघ २७

आइएमई र विशाल समूह प्रवर्द्धक रहेको इमर्जिङ नेपालले साधारण शेयर जारी गर्ने, रेटिङ गरायो
आइएमई र विशाल समूह प्रवर्द्धक रहेको इमर्जिङ नेपालले साधारण शेयर जारी गर्ने, रेटिङ गरायो

काठमाडौं। आइएमई र विशाल समूहको संयुक्त प्रवर्द्धनमा चार बर्षअघि इन्भेष्टमेन्ट कम्पनीको रुपमा संचालनमा आएको 'इमर्जिङ नेपाल लिमिटेड' ले पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

प्रस्तावित शेयरको लागि परियोजनाको जोखिम मूल्यांकनको क्रममा क्रेडिट रेटिङ कम्पनी आइक्रा नेपालले गरेको जोखिम मूल्यांकनको आधारमा साधारण शेयर प्रस्तावनाले 'आइक्रा एनपि- फोर' पाएको हो। इमर्जिङ नेपाल कम्पनीले एक सय रुपैयाँ चुक्ता मूल्यको ५ लाख साधारण शेयर जारी गर्न लागेको हो। यो कम्पनीको कूल पूँजीको १० प्रतिशत रकम हो।

मूल्यांकनको क्रममा कम्पनीले लगानी गरेका अधिकांश कम्पनी नयाँ रहेको र प्रारम्भिकदेखि मध्यावधीसम्म प्रतिफलको न्यून संभावना रहेको आइक्राले उल्लेख गरेको छ। साथै लगानी गरिएका केही कम्पनीले प्रतिफल ढिलो दिने संभावना रहेको छ। यो कम्पनीको नाफा शेयर पूँजी लगानी गरिएको अन्य कम्पनीको संचालनमा निर्भर रहेको छ।

कम्पनीको लगानीको श्रोत शत प्रतिशत साधारण शेयरमै आधारित भएकोले भविष्यमा थप पूँजीको आवश्यक्ता परेको अवस्थामा हाल प्रस्तावित साधारण शेयर ‌‌‌‌‌‌‌‌‌‌‌पूँजी बाहेक थप पूँजी जुटाउने बारे स्रोत अनिश्चित रहेको आइक्राले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

परियोजनाको मध्यावधीसम्म यो कम्पनीले शुन्य मुनाफाको अवस्था सामना गर्नुपर्ने भएकोले लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न चुनौती थप्नेछ।

कम्पनीको प्रवर्द्धकको रुपमा विशाल समूह र आइएमई समूहले संयुक्त ५४ प्रतिशत लगानी गरेको र संचालक समितिमा अनुभवी व्यवस्थापक र व्यापारीको संलग्नता हुनु बलियो पक्ष रहेको आइक्राले उल्लेख गरेको छ। कम्पनीको संचालक समितिमा कृषि तथा सहकारी मन्त्रालयका अवकाश प्राप्त सचिव लालमणि जोशी अध्यक्ष र चार्टर्ड एकाउन्टेन्ट सुवर्ण पौडेल निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध रहेका छन्।

हाल वित्तीय संस्था सहित पाँचवटा कम्पनीमा कूल ३७ करोड ७० लाख रुपैयाँ शेयर पूँजी लगानी गरेकोमा तीनवटा कम्पनी संचालनमै आउन बाँकी रहेको छ। शेयर लगानी किताब अनुसार माघ सम्मको लगानीमध्ये दुईवटा कम्पनीले नै कूल लगानीको ८८ प्रतिशत ओगटेको छ।
कम्पनीको हाल चुक्ता पूँजी जम्मा ४५ करोड रुपैयाँ रहेकोमा साधारण शेयर जारी गरिएपछि ५० करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा कर पछिको मुनाफावापत १ करोड ५० लाख रुपैयाँ आर्जन गरेकोमा‌ चालु आवको पहिलो त्रैमामा ७० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।