BIZMANDU
www.bizmandu.com

प्राइम बैंकको नाफा अर्ब नाघ्यो सेञ्चुरीको उत्साहजक सुधार, नाफा बढाउन ऋण विस्तारमा ध्यान

२०७५ माघ २७


काठमाडौं। प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको छ महिनामा क्रमश: ३३ प्रतिशत र ४१ प्रतिशतले नाफा बढाएका छन्।

Tata
GBIME
Nepal Life

प्राइम बैंकले छ महिनाको अवधिमा एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ भने सेञ्चुरीले ५१ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्राइम बैंकले भएकै निक्षेपलाई अधिकतम परिचालन गरी खुद व्याज आम्दानी सुधार गर्दै नाफा बढाएको हो। बैंकको निक्षेप संकलन ७ प्रतिशतले बढ्दा ऋण लगानी भने १५ प्रतिशतले बढाएको हो।

बैंकले पुससम्ममा ७६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँ ऋण लगानी विस्तार गरेको छ।

गत वर्षको यहि अवधिमा बैंकले ७१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। खुद व्याज आम्दानी ५२ प्रतिशतले बढाएर एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ भने जगेडामा ४ अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात १२.६८ प्रतिशत छ भने खरवा कर्जा ०.१५ प्रतिशत विन्दुले बढेर १.५८ प्रतिशत छ।

प्रतिशेयर आम्दानी चुक्ता पूँजी २७ प्रतिशतले बढ्दा पनि एक रुपैयाँ बढाउन सफल भएको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ।
 

विवरण (रु.०००)

प्राइम बैंक

बृद्धि (%)

एनएफआरएस नाफा

1,060,896.00

792,250.00

33.91

नियामकिय नाफा

934,267.00

715,128.00

30.64

व्याज आम्दानी

4,819,231.00

3,968,804.00

21.43

व्याज खर्च

3,047,028.00

2,804,744.00

8.64

खुद व्याज आम्दानी

1,772,203.00

1,164,060.00

52.24

निक्षेप संकलन

76,727,057.00

71,060,891.00

7.97

ऋण लगानी

72,604,017.00

63,025,624.00

15.20

चुक्ता पूँजी

8,033,299.00

6,325,432.00

27.00

जगेडा कोष

4,221,208.00

3,999,486.00

5.54

पूँजी कोष अनुपात

12.68%

12.76%

 

खराव कर्जा

1.58%

1.43%

 

आधार व्याजदर

10.17%

10.76%

 

प्रतिशेयर आम्दानी (रु.)

26.41

25.05

 

सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पुससम्ममा ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ८१ लाख रुपैयाँ कमाएको छ। बैंकको व्याज खर्चको अनुपातमा व्याज आम्दानीको अनुपात धेरै हुँदा खुद व्याज आम्दानी ५० प्रतिशतले बढेर एक अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकले ६४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ। निक्षेप संकलन २२ प्रतिशतले सुधार गर्दा ऋण लगानी भने २७ प्रतिशतले बढाएको छ। चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ छ भने जगेडामा एक अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको छ।

पूँजीकोष अनुपात १४.६८ प्रतिशत छ भने खराव कर्जा केहि सुधार हुँदै ०.८४ प्रतिशतमा झारेको छ। आधार व्याजदर थप ०.०७ प्रतिशत विन्दुले बढेर ११.५० प्रतिशत कायम गरेको छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले बढाएर १२ रुपैयाँ रहेको छ।
 

विवरण

सेञ्चुरी कमर्सियल बैंक

बृद्धि (%)

एनएफआरएस नाफा

518,168.00

366,533.00

41.37

नियामकिय नाफा

443,499.00

325,103.00

36.42

व्याज आम्दानी

3,920,983.00

2,763,840.00

41.87

व्याज खर्च

2,581,624.00

1,873,150.00

37.82

खुद व्याज आम्दानी

1,339,359.00

890,690.00

50.37

निक्षेप संकलन

64,127,818.00

52,177,173.00

22.90

ऋण लगानी

58,898,024.00

46,366,959.00

27.03

चुक्ता पूँजी

8,063,435.00

7,679,462.00

5.00

जगेडा कोष

1,640,473.00

1,802,377.00

-8.98

पूँजी कोष अनुपात

14.69%

18.54%

 

खराव कर्जा

0.84%

0.99%

 

आधार व्याजदर

11.50%

11.43%

 

प्रतिशेयर आम्दानी

12.85

9.55