BIZMANDU
www.bizmandu.com

तीन वटा प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउन सुरु, ३ अर्ब लगानी, स्मार्ट र सिसिएसले काम थाल्यो

२०७५ माघ २३

तीन वटा प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउन सुरु, ३ अर्ब लगानी, स्मार्ट र सिसिएसले काम थाल्यो
तीन वटा प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउन सुरु, ३ अर्ब लगानी, स्मार्ट र सिसिएसले काम थाल्यो

काठमाडौं। सरकारले घोषणा गरेको डिजिटाइजेशन अभियानअन्तर्गत प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउने काम सुरु भएको छ। बुधबार बिहान नेपालगञ्जबाट फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात गरिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडिएफ) अन्तर्गत सरकारले फाइबर बिछ्याउने कामको जिम्मा स्मार्ट टेलिकमलाई दिएको छ। त्यहीअनुसार स्मार्ट टेलिकम र सीसीएस (चाइनाक म्युनिकेशन सर्भिस नेपाल) ले कामको थालनी गरेका हुन्। 

परियोजनाको सुरुवातगर्दै स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले सरकारको डिजीटाइजेशन अभिचयानअन्तर्गत स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा फाइबर बिछ्याउने काम सुरु गरेको जानकारी दिए। उनले भने, यस ग्रामिण भेगमा इन्टरनेटको पहुँच र सञ्चारको विस्तारका लागि महत्वपूर्ण भुमिका खेल्नेछ।

प्रदेश नम्बर ५ का बाँके, बर्दिया, ६ र ७ का सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझांङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुला गरी १९ जिल्लामा फाइबर विछ्याउने काम एक वर्षभित्रमा सम्पन्नगर्ने लक्ष्य राखिएको छ। करिव २५ सय किलोमिटर फाइबर १९ जिल्लाका प्रमुख हाईवे र सदरमुकाममा पु¥याइनेछ।

फाइवर ओछ्याएपछि कुनै पनि निजी, सरकारी वा अन्य संस्थाहरुले यसको उपभोग गर्न सक्छन्। उनीहरुले छुट्टै लगानी गर्नु पर्दैन। निश्चित रकम तिरेपछि यही संरचनामार्फत आफ्नो सेवा विस्तार गर्न पाउनेछन्। यो काम सक्नका लागि करिव ३ अर्ब रुपैयँ ग्रामिण दुरसञ्चार कोषको रकम सरकारले सब्सिडिका रुपमा उपलब्ध गराएको हो। फाइबर स्मार्टले २५ वर्षसम्म यसको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्हार गर्नेछ। २५ वर्षपछि यो परियोजना सरकारलाई हस्तान्तरण गरिनेछ।

प्राधिकरणले हाल सातै वटा प्रदेशमा फाइबर बिछ्याउने कमाको जिम्मा सेवाप्रदायक संस्थाहरुलाई प्रतिस्पर्धाका आधारमा दिएको छ। दुर्गम भेगमा फाइबर पुगेपछि इन्टरनेटको पहूँच र टेलिकमको सेवा विस्तारमा समेत सहयोग पुग्नेछ। यसले गर्दा गुणस्तरसमेत सुधार हुन्छ।