BIZMANDU
www.bizmandu.com

निजी क्षेत्रको बैंकिङमा ‘फर्स्ट जेनेरेसन’ बैकर कपिल शर्मा खनालको ब्रेन ट्युमरका कारण निधन

२०७५ माघ २३

निजी क्षेत्रको बैंकिङमा ‘फर्स्ट जेनेरेसन’ बैकर कपिल शर्मा खनालको ब्रेन ट्युमरका कारण निधन
निजी क्षेत्रको बैंकिङमा ‘फर्स्ट जेनेरेसन’ बैकर कपिल शर्मा खनालको ब्रेन ट्युमरका कारण निधन


काठमाडौं। नबिल बैंकको 'फर्स्ट जेनेरेसन' बैंकर कपिल शर्मा खनालको निधन भएको छ। बर्ष दिनदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका शर्माको हिजो साँझ निधन भएको हो।

Tata
GBIME
Nepal Life

उनको केही समयअघि मुटुको पनि शल्यक्रिया गरिएको थियो। शर्माको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ।

लामो समयदेखि नबिल बैंकमा रहेका उनी त्यहाँ छाडेर क्लिन इनर्जी डेभलपमेन्ट बैंक गएका थिए। सुरुमा डेपुटी प्रमुख कार्यकारीका रुपमा त्यहाँ गएका उनी पछि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। 

बर्ष दिनअघि उनी उपचारका लागि भारत पुगेका थिए। क्यान्सर पत्ता लागेपछि उनी नेपाल फर्किएर उपचार गराइरहेका थिए। हिजो साँझ मेडिसिटी हस्पिटलमा उनको निधन भएको हो। शर्माकी श्रीमती र एक छोरा, एक छोरी छिन्। छोराछोरी दुबै अध्ययनका लागि अस्ट्रेलियामा छन्।

उनलाई नजिकबाट चिन्ने बैंकरहरु 'प्रोफेसनल बैंकर' का रुपमा परिचय दिन्छन्। आफ्नो सिद्धान्तसँग सम्झौता गर्न नसकेकै कारण उनी बौद्धिक बैंकर हुँदाहुँदै पनि बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी बन्न नसकेको उनी निकटहरु बताउँछन्। क्लिन इनर्जी एनएमबी बैंकसँग मर्ज हुने भएपछि उनले बैंकिङ करियरबाटै विश्राम लिएका थिए।