BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा बिल्डकन एक्स्पो हुँदै, निर्माण सम्बद्ध डेढसय कम्पनीले भाग लिने, घरका लागि उपयोगी

२०७५ माघ २२


काठमाडौं । नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५, २६ र २७ गते एक्स्पो आयोजना गर्न लागिएको हो ।

Tata
GBIME
Nepal Life

एक्स्पोमा विभिन्न ३ सय भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १ सय ५० भन्दा बढी स्टल रहने आयोजकले विज्ञप्तीमा उल्लेख गरेको छ ।
निर्माण कम्पनी, डिलर, सबडिलर, विक्रेताहरुले निर्माण व्यवसायसंग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउनेछन्। एक्स्पोमा निर्माण क्षेत्रमा भित्रिएका  नयाँ नयाँ प्रविधिको देख्न पाइन्छ ।

एक्स्पोमा निर्माण सामाग्री,निर्माण उपकरण,ठुला निर्माणका उपकरण(मेसिन), युपिभिसी प्रोफाइल,युपिभीसी उइन्डो मेसिनरी, झ्या र ढोका,बाथरुम फिटिङस, पाइप, टायल र खानेपानी सामाग्री,पावर टुल्स,कंक्रिट ब्लक मेसिनरी,प्रि इन्जिनियरिङ विल्डिङ आदि राखिने बताइएको छ ।

यस प्रदर्शनीले नेपालमा भैरहेका समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास आयोजक मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टले लिएको छ ।

प्रदर्शनीमा  घर बनाउने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक, इन्जिनियर,कन्ट्रयाक्टर,विल्डर तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने छ।

प्रदर्शनीको मुख्य उदेश्य नेपालको निर्माण क्षेत्रमा नयाँ निर्माण सामान भित्र्याउने तथा विदेशमा सफलतापुर्वक प्रयोगमा भएका नयाँ प्रविधिलाई सहजै उपलब्ध गराउने हो । प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्वन्धी कार्यहरुमा सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

एक्स्पोमा प्रवेश गर्नका लागि कुनै शुल्क लाग्दैन । अघिल्ला एक्स्पोहरुमा करिव ३० हजारले अवलोकन गर्ने गरेक थिए । यो पटक ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।