BIZMANDU
www.bizmandu.com

नयाँ वर्ष मनाउन नेपाल भित्रिँदै चिनियाँ, सहजताका लागि विमानस्थलमा नेपाली स्वयंसेवक


नयाँ वर्ष मनाउन नेपाल भित्रिँदै चिनियाँ, सहजताका लागि विमानस्थलमा नेपाली स्वयंसेवक
नयाँ वर्ष मनाउन नेपाल भित्रिँदै चिनियाँ, सहजताका लागि विमानस्थलमा नेपाली स्वयंसेवक


काठमाडौं। यतिबेला चीन नयाँ वर्ष मनाइरहेको छ। चिनियाँ नयाँ वर्षको रौनक काठमाडौंमा पनि देखिएको छ। चिनियाँ दूतावासले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरिरहेको छ। त्यस्तै चिनियाँ पर्यटकको आगमन पनि बढ्दै गएको छ।

Tata
GBIME
Nepal Life

नेपाल आउने चिनियाँ पर्यटकहरुको सहजीकरणका लागि चिनियाँ दूतावासले चिनियाँ भाषा अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई विमानस्थलमा परिचालन गरेको छ। चिनियाँ दूतावास र सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनयाँ पर्यटकहरुको सजहीकरणका लागि विशेष चिनियाँ सूचना डेस्क नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको छ। 

यसको उद्घाटन शुक्रवार चिनियाँ राजदूत होउ यान्छी र पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले गरेका हुन्।

यसरी परिचालित विद्यार्थीहरुले नेपाल आउने पर्यटकलाई भिसा प्रोसेस, इमिग्रेसनलगायतमा सहयोग गर्ने दूतावासले जनाएको छ। चिनियाँ नागरिकहरु नेपाली नबुझ्ने र अंग्रेजी पनि कम बोल्ने भएकाले चिनियाँ भाषा जान्ने नेपाली विद्यार्थीहरुलाई विमानस्थलमा परिचालन गरिएको हो।

जनवरी ३१ देखि फेब्रुअरी ११ सम्म तीन सिफ्ट बनाएर विद्यार्थीहरु परिचालन गरिएको छ। बिहान ९ बजेदेखि दिउँसो २ बजे, दिउँसो २ बजेदेखि साँझ ७ बजे र साँझ ७ बजेदेखि राति ११ बजेसम्म नेपाली स्वंमसेवी विद्यार्थी परिचालन गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अघिल्ला वर्षहरुमा पनि चिनियाँ पर्यटक नयाँ वर्ष मनाउन आइपुग्दा आवगमनलाई सहज स्वयंसेवक परिचालन गरिएको र यसपटक पनि परिचालन गरिएको बताए। महाप्रबन्धक क्षेत्रीले भने, 'अघिल्ला वर्षहरुमा पनि चिनियाँ पर्यटकको आवगमनलाई सहज बनाउन यसरी नै स्वयंसेवक परिचालन गर्दै आएका थियौं।

यसपटक पनि त्यो निरन्तरता दिएका छौं।' यसले चिनियाँ पर्यटकलाई अध्ययगन प्रक्रियामा सहयोग पुग्ने विश्वास लिएको उनले बताए। टर्मीनल व्यवस्थापन महाशाखाका प्रमुख उत्सव खरेलका अनुसार डिपार्चर कक्ष, ब्यागेज क्लियरेन्स, इमिग्रेसन लगायतमा स्वयंसेवक परिचालन गरिएको छ।

चिनियाँ नयाँ वर्ष यस फेब्रुअरी ५ मा हो। यस वर्ष चिनियाँहरु सुंगुर वर्षको रुपमा नयाँ वर्षलाई स्वागत गर्दै छन्।

चीनमा नयाँ वर्ष करिब महिना दिनसम्म मनाइन्छ। जनवरी २८ देखि फेब्रुअरी ४ सम्म 'लिटिल इयर' को रुपमा नयाँ वर्षको तयारी गरिन्छ। त्यस्तै चिनियाँ नयाँ वर्षको दिन फेव्रुअरी ५ देखि १९ सम्म स्प्रिङ फेस्टिभलको रुपमा यसलाई मनाइन्छ। भने फेब्रअरी १६ देखि १९ सम्म लान्टर्न फेस्टिभलको रुपमा मनाइन्छ।

नयाँ वर्षको किम्वदन्ती
चिनियाँहरु यस पर्व मनाउनका लागि रातो रंगको सजावट र बत्ती बाल्ने गर्छन्। चिनियाँ नयाँ वर्षको विषयमा पौराणिक किम्दन्तीहरुसमेत रहेका छन्।

परापूर्व कालमा 'निआन' नामको राक्षस थियो। उ जहिले पनि समुन्द्रको पिँधमा बस्थ्यो। वर्षमा एक पटक उ बाहिर आएर मानिस तथा जनवारहरु खाने गर्थ्यो। यो दिन मानिसहरु गाउँ छाडेर हिमालका टाकुरामा पुग्थे।

एक दिन एक जना भिखारी माग्न आएको थियो जतिवेला मानिसहरु गाउँ छाड्न हतार गरिरहेका थिए। एक जना वृद्धाले उनलाई घरभित्र लगिन र निआनलाई भगाउने वाचा गर्छिन्। मध्यरातमा निआन आइपुग्छ। तर, ढोकामा रातो कागज देखेपछि रोकिन्छ। रिसले चुर भएर राक्षस चाउरिन्छ। अकस्मात पटका पड्कन्छन्। जब भिखारी रातो कपडा लगाएर उ प्रति हासिरहेको हुन्छ तब उ त्यहाँबाट भाग्छ।

गाउँलेहरु भोलिपल्ट आए। घरहरु जस्ताको त्यस्तै देखेपछि उनीहरु दंग परे। त्यसपछि उनीहरुलाई लाग्यो की रातो रंग र चर्को आवाजले निआन भाग्छ। त्यसपछि नयाँ वर्षमा चिनियाँहरु रातो पहिरन र रातै सजावट गर्दै आएका छन्। मध्यरातमा पटका पड्काउँदै चर्को आवाजले अहिले पनि निआनलाई भगाउँदै आएका छन्।

७० लाख चिनियाँ भ्रमण गर्दै
चिनियाँहरुका लागि नयाँ वर्ष विदेश भ्रमणको अवसर पनि हो। नयाँ वर्षमा लामो विदा हुने हुँदा उनीहरु परिवारसहित विदेश यात्रामा निस्किन्छन्।

यस वर्ष करिब ७० लाख चिनियाँ नागरिकहरु विदेश भ्रमण गर्ने अपेक्षा राखिएको छ।

चिनियाँ नयाँ वर्षको अवसरमा चिनियाँ रेल हवाई तथा सडक मार्गहरु अति व्यस्त छन्। नयाँ वर्षको यो अवधीमा करिब ४० करोड चिनियाँ नागरिकहरु यात्रा गर्दै छन्। जसमध्य ७० लाख विदेश यात्रामा निस्किन लागेको हो।

चिनियाँ अनलाईन ट्राभल एजेन्सी सीट्रिपका अनुसार १०० चिनयाँ शहरहरु तथा ९० देशका ५०० बढी स्थानमा चिनियाँहरुले भ्रमण गर्नका लागि बुक गरेका छन्।

त्यसमध्ये धेरैको रोजाई थाइल्याण्ड, जापान, इन्डोनेसिया र सिंगापुर पर्दै आएको छ। सन् २०१८ मा ६५ लाख चिनियाँले नयाँ वर्षमा विदेश भ्रमण गरेका थिए भने सन् २०१७ मा ५७ लाख चिनियाँ विदेश यात्रामा निस्किएका थिए।

जुन यो वर्ष ७० लाख पुग्ने अनुमान गरिएको छ। नयाँ वर्ष नजिकिँदै गर्दा चीनले यात्रा सहज होस भनेर २०१८ को अन्त्यमा १० नयाँ रेलवेको सुरुवात गरेको छ।

सन् २०१७ मा एक लाख २७ हजार किलोमिटर रेल सञ्जाल रहेको चीनमा सन् २०१८ मा २९ हजार किलो मिटर रेल सञ्जाल थपिएका छन्। यस अवधीमा चीनको उड्डयन प्राधिकरणले ५ लाख ३२ हजार उडानको तयारी गरेको छ। जुन गत वर्ष भन्दा १० प्रतिशतले वृद्धि हो।

चीनको राष्ट्रिय विकास तथा रिफर्म कमिसनका उपनिर्देशक लियान वेइलियाङका अनुसार यो सुनयुनको समय (४० दिन) मा करिब २ अर्ब ९९ करोड यात्रा हुने छ। यो गत वर्ष भन्दा ०.६ प्रतिशतले वृद्धि हो।

यसरी हुने यात्रामध्ये २ अर्ब ४६ करोड गाडीबाट हुने छन्। त्यस्तै ४१ करोड ३० लाख रेलबाट र ३ करोड ३० लाख विमानबाट यात्रा हुने छन्। यति धेरै यात्रा हुँदा अन्य देशमा ट्राफिक जाम हुने सम्भावना बढी भए पनि चीनले यसलाई सहजै व्यवस्थापन गर्दै आएको छ।