BIZMANDU
www.bizmandu.com

स्मार्ट टेलिकमले पनि ल्यायो इजी लोन अफर, एक महिना नेट टेभी हेर्नलाई ८७ रुपैयाँको प्याकेज

२०७५ माघ १५

स्मार्ट टेलिकमले पनि ल्यायो इजी लोन अफर, एक महिना नेट टेभी हेर्नलाई ८७ रुपैयाँको प्याकेज
स्मार्ट टेलिकमले पनि ल्यायो इजी लोन अफर, एक महिना नेट टेभी हेर्नलाई ८७ रुपैयाँको प्याकेज


काठमाडौं। स्मार्ट टेलिकम कम्पनीले इजि लोन अफर ल्याएको छ। स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स १ रुपैयाँ वा त्यसभन्दा कम भएको अवस्थामा १० रुपैयाँसम्म ब्यालेन्स प्राप्त गर्न सक्छन। यसले गर्दा ब्यालेन्स अभावले कुराकानी गर्न बन्द गर्नु नपर्ने विज्ञप्तिम उल्लेख छ। 

Tata
GBIME
Nepal Life

ग्राहकले फोन गर्न, एसएमएस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन सक्ने छन्। लोन लिइएको रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कटान गरिने छ। 

ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुनः लोन लिन भने सकिने छैन। यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ। 

स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लग इनमा मा आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेट टिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ। यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि २९ रुपैयाँ, १४ दिनको लागि ५२ रुपैयाँ तथा एक महिना (३० दिन) को लागि ८७ रुपैयाँ तिरी नेट टिभिको सुविधा प्राप्तगर्न सक्ने छन्।