BIZMANDU
www.bizmandu.com

स्ट्यान्डर्ड चार्टर्डमा नयाँ सिइओ नियुक्त, ग्लोबल आइएमइबाट शर्माको राजीनामा

२०७५ माघ ७

स्ट्यान्डर्ड चार्टर्डमा नयाँ सिइओ नियुक्त, ग्लोबल आइएमइबाट शर्माको राजीनामा
स्ट्यान्डर्ड चार्टर्डमा नयाँ सिइओ नियुक्त, ग्लोबल आइएमइबाट शर्माको राजीनामा

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिरहँदा ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारीले भने राजीनामा गरेका छन्। 

Tata
GBIME
Nepal Life

चार्टर्डले ब्रुनाइ चार्टर्डको प्रमुख कार्यकारी रहेका अनिरभन घोष दस्तिदारलाई नियुक्त गरेको हो।

जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारी भएका हुन्। उनी तत्कालिन ग्रिण्डलेज बैंकदेखि नै आएका हुन्। सिल्भानुसले नेपालमा साढे सात बर्ष काम गरेर बिदा भएका हुन्।

ब्रुनाइअघि दस्तिदार फिलिपिन्स र श्रीलङ्काको प्रमुख कार्यकारी अधिकृत थिए। उनको बैंकिङ क्षेत्रमा २५ बर्षको अनुभव छ। उनी भारतीय नागरिक हुन्।

चार्टर्डको सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो। उनको नियुक्तिलाई आजको साधारणसभाले अनुमोदन गर्नेछ।

सिल्भानुस बाहिरिएपछि चार्टर्डले नेपालीलाई नै प्रमुख कार्यकारी अधिकृत बनाउने चर्चा थियो। पछिल्लो समय चार्टर्डले स्थानीयलाई नै प्रमुख कार्यकारीको जिम्मेवारी दिँदै आएको थियो। 

ग्लोबल आइएमइबाट सिइओको राजीनामा
ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले कार्यकाल बाँकी छँदै राजीनामा गरेका छन्। १४ महिनाअघि प्रमुख कार्यकारी नियुक्त भएका शर्माको अझै तीन बर्ष कार्यकाल बाँकी थियो। शर्माभन्दा अघिका प्रमुख कार्यकारी अनिल ज्ञवालीले पनि कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए।

सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेपछि राजीनामा गरेको स्रोतहरुको दावी छ।

उनले सन् १९८७ मा इन्ट्री लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) गएका थिए।एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।
 
ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालसँग लण्डनमै चिनजान भएकाले उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिएका थिए। ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। ग्लोबलको सहायक महाप्रबन्धक हुँदै उनी प्रमुख कार्यकारीसम्म पुगेर राजीनामा गरेका हुन्।