BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकले ल्यायो पाँच लाखको बीमाको बचत खाता, अग्रिम तलव आउने कर्पोरेट खाता पनि

२०७५ पुष २८

एभरेष्ट बैंकले ल्यायो पाँच लाखको बीमाको बचत खाता, अग्रिम तलव आउने कर्पोरेट खाता पनि
एभरेष्ट बैंकले ल्यायो पाँच लाखको बीमाको बचत खाता, अग्रिम तलव आउने कर्पोरेट खाता पनि

काठमाडौं। एभरेष्ट बैंकले बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले ओरेन्ट इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ।

Tata
GBIME
Nepal Life

विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, सबै प्रकारका नागरिकलाई एउटै छानामूनि विभिन्न वित्तिय तथा बैंकिङ सेवा प्रदान गरेर नम्बर एक वाणिज्य बैंक बन्ने उद्देश्यका साथ सहकार्य गरिएको हो। 

बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकका लागि बीमा सेवा दिने छ। ५ लाख रुपैयाँको बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट पनि ल्याएको छ। 

बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको जनाएको छ। त्यस्तै कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ।

एभरेष्ट बैंकले आफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्र्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको विज्ञप्तिमा उल्लेख गरेको छ। यो योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन्। साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन्। यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ।