काठमाडौं। ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको १२औँ बार्षिक साधारण सभाले लाभांस पारित गरेसँगै चुक्ता पूँजी बृद्धि भएको हो।
सभाले गत आर्थिक बर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब पारित गरेको हो।
बैंकका १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि कार्यालय छन्।
बैंकका साढे नौं लाख ग्राहक छन्।