BIZMANDU
www.bizmandu.com

मर्मतका लागि मलेसीया पुर्याइएको बोइङ सोमबार नेपाल ल्याइँदै, विक्री टुंगो नलागेसम्म उडान

२०७५ पुष २७

मर्मतका लागि मलेसीया पुर्याइएको बोइङ सोमबार नेपाल ल्याइँदै, विक्री टुंगो नलागेसम्म उडान
मर्मतका लागि मलेसीया पुर्याइएको बोइङ सोमबार नेपाल ल्याइँदै, विक्री टुंगो नलागेसम्म उडान

काठमाडौं। मर्मतका लागि मलेशिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ 'गण्डकी' सोमबार नेपाल आउने भएको छ। 

Tata
GBIME
Nepal Life

४६ दिन अगाडि निगमको इन्जिनियरिङ विभागले बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालाम्पुर पठाएको थियो। मर्मतका क्रममा सि-डक्टमा पनि समस्या आएपछि बोइङ मर्मतका लागि थप समय लागेको थियो।

अमेरिकाबाट सिपिङमार्फत सि-डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि-डक्ट ल्याएर फिट गरिएको निगमले जनाएको छ। 

'बोइङ मर्मतको काम सबै सकिसकेको छ। यो जहाज लामो समयसम्म मलेसियामै रहेको कारण विभिन्न मुलुकबाट ओभरफ्लाइटको इजाजत लिनुपर्नेछ। यसका लागि केहि दिन समय लाग्ने भएको हो' निगमका साहयक प्रवक्ता नवराज कोइरालाले बिजमाण्डूसँग भने।    
 
निगमले यो बोइङ विक्री गर्ने तयारी गरेको छ। बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ। 'जहाज विक्री गर्ने हाम्रो योजना हो। तर विक्री गर्नुअघि हामीले यो जहाज कुनै हालतमा पनि ग्राउण्डेड गर्ने छैनौँ।

विक्री गर्न लागिएको जहाज ग्राउण्डेड गराइयो भने यसको मूल्य नै घट्ने कारण हामीले यो जहाजले नियमित उडान गर्दै लाने योजना बनाएका छौँ' निगमका प्रमुख कार्यकारी अध्यक्ष मदन खरेलले भने। 

बोइङको इन्जिन साइकल अझै बाँकी रहेका कारण मर्मत गरेर उडान गर्ने योजना निगमको छ। हाल यो जहाज मर्मत गर्नका लागि करिब अढाइ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।  

निगमले यो जहाज बिक्रीका लागि आर्थिक मूल्यांकन गर्न दुई महिनाअघि स्वीट्जरल्याण्डको फिन्टेक कम्पनीलाई परामर्शदाता नियुक्ति गरेको थियो। 

निगमले सन् १९८७ सेप्टेम्बर १९ तारिखमा 'कर्णाली' खरिद गरेको थियो भने दोस्रो बोइङ 'गण्डकी' सन् १९८८ सेप्टेम्बर १ तारिखमा खरिद गरेको थियो। 

निगममा त्यसबेला कार्यकारी अध्यक्ष ईश्वरीलाल श्रेष्ठ थिए भने बलिराम सिंह महाप्रवन्धक थिए। निगमले ल्याएको बोइङ कार्गो र पेसेन्जर बोक्ने 'कम्बी' जहाज हो। त्यो बेला निगमले हङकङबाट ब्रिटिस गोरखाबाट आउने र नेपाल आर्मीबाट युएस आर्मी मिसन जानेआउने यात्रुलाई लक्षित गरेर उडाएको थियो।

निगमसँग भएको पहिलो बोइङ एसिए गत वर्ष बिबी एयरवेजलाई विक्री गरिसेकको छ। दोस्रो जहाज मर्मतका लागि क्वालालाम्पुर लगिएको छ। हाल निगमको दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजले सींगापुर, थाइल्याण्ड, कतार, दिल्ली, मलेसीया, दुबाई, दिल्ली, बैंलोर, मुम्बाई लगायतका अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्दै आएको छ।