BIZMANDU
www.bizmandu.com

वाइडबडी विमान अनियमितता प्रकरणमा के गर्दैछ अख्तियार? ‘प्रारम्भिक छानविन भइरहेको छ’

२०७५ पुष २७

वाइडबडी विमान अनियमितता प्रकरणमा के गर्दैछ अख्तियार? ‘प्रारम्भिक छानविन भइरहेको छ’
वाइडबडी विमान अनियमितता प्रकरणमा के गर्दैछ अख्तियार? ‘प्रारम्भिक छानविन भइरहेको छ’


काठमाडौं। वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय संसदको सार्वजनिक लेखा समितिपछि अझै तीनवटा निकायले छानविन गरिरहेको छ।

Tata
GBIME
Nepal Life

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति मंसिर १९ गते छानविन उपसमिति गठन गर्‍यो। उक्त उपसमितिलाई एक महिनाको समय दिइएको थियो। तर उपसमितिले एक महिनामा प्रतिवेदन बुझाउन सकेन र पुस २३ गते एक महिना समय थप गरिएको छ।

छानविन उपसमितिले अहिलेसम्म के गर्‍यो त? उपसमितिका संयोजक दीपक प्रकाश भट्ट भन्छन्,‘हाम्रो समितिले गहन अध्ययन गर्दैछ। भ्रष्टाचार भएको मात्र होइन भ्रष्टाचार हुनुका कारण पनि पता लगाउँदैछौं। नेपालमा विमान खरिद प्रक्रियामा भ्रष्टाचार हुने गरेको इतिहास छ। खरिद प्रक्रियामा रहेका लुपहोलहरुलाई नै बन्द गर्ने गरी प्रतिवेदन ल्याउने छौं।’

छानविन उपसमितिले अहिलेसम्म महालेखा परीक्षकको कार्यलय, नागरिक लगानी कोष, संचय कोषलगायतसँग छलफल गरेको छ। उपसमितिलाई वाइडबडीबाहेक अन्य विमानबारे पनि अध्ययन आवश्यक रहेकोले समय लागेको संयोजक भट्टले जानकारी दिए।

यसैगरी वाइडबडी विमान खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अग्रसरता देखाएको छ। सार्वजनिक लेखा समितिले निर्देशन दिनुअघि देखि नै अख्तियारले वाइडबडीको छानविन गरिरहेको छ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने,‘वाइडबडीको छानविन हामीले पहिलेदेखि नै गर्दै आएका छौं। प्रारम्भिक छानविन भइरहेको छ।’

सार्वजनिक लेखा समितिको निर्देशन पछि छानविनमा अख्तियारले थप अग्रसरता देखाएको छ। समितिले छानविन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ।

यसैबीच सरकारले गठन गरेको तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोगले पनि छानविन सुरु गरेको जनाइएको छ। पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिएअनुसार छानविन अगाडि बढाइएको जनाइएको छ।