BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकलाई आईएसओ ९००१: २०१५, कुशल ब्यवस्थापन र ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह

२०७५ पुष २६

माछापुच्छ्रे बैंकलाई आईएसओ ९००१: २०१५, कुशल ब्यवस्थापन र ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह
माछापुच्छ्रे बैंकलाई आईएसओ ९००१: २०१५, कुशल ब्यवस्थापन र ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह


काठमाडौं। माछापुच्छ्रे बैंकले आईएसओ ९००१: २०१५ पाएको छ। यससँगै बैंक आइएसओ मान्यता प्राप्त बैंकिङ संस्था बनेको छ। अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युकेद्वारा प्रदान गरिएको हो।

Tata
GBIME
Nepal Life

आईएसओ ९००१: २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ। यसले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्ने बिज्ञप्तिमा उल्लेख छ। 

बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्तअन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ। 

बैंकका देशभर ८८ शाखा छन्। २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ सेवा इकाइ पनि छन्। बैंकका १११ वटा एटिएम सञ्चालनमा छन्।