BIZMANDU
www.bizmandu.com

सुध्रिएको शेयर बजारमा नेपाल बैंकलाई कारोबार अग्रता, सानिमा इक्विटी फण्डका शेयरधनीले धेरै कमाए

२०७५ पुष २६


काठमाडौं। साताको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.४८ अंकले बढेर ११८०.८४ अंकमा उक्लिएको छ। सेन्सेटिभ सूचक ०.३९ अंकले बढेर २५०.६५ अंकमा उक्लिएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार १६३ कम्पनीका १३ लाख ८७ हजार कित्ता शेयर ३६ करोड ६३ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दाबढी नेपाल बैंकको ११ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

साताको अन्तिम दिनको शेयर कारोबारमा सामान्य देखिएको थियो। कारोबारको सुरुवातदेखिनै बजार सामान्य देखिएको थियो। सूचक २/३ अङ्कले घटबढ हुँदा कारोबार रकम समेत सामान्य देखिएको थियो। कारोबारको धेरैजसो समय बजार हरियो देखिएको भएपनि सूचकले ठूलो वृद्धि कायम गर्न सकेन।

बजारमा माग भन्दा बढी शेयरको सप्लाई रहेकोले बजारमा ठूलो उतार चढाव नदेखिएको लगानीकर्ता शम्भु प्रधानले बताए।

दीर्घकालीन बृद्धिकालागि मागनै वृद्धि हुनुपर्ने उनको तर्क छ। यसकालागि गैर आवासीय नेपालीलाई कारोबारकोलागि सहज वातावरण बनाउनुपर्ने प्रधानले बताए।  

उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा सात समूह बढेका छन् भने चार समूह घटेका छन्। सबैभन्दाबढी ट्रेडिङ् समूहमा १.०५ प्रतिशतको वृद्धि देखिएको छ। विकास बैक समूह ०.४५ प्रतिशतले घटेको छ।

सानिमा इक्विटी फण्डका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन्। सिनर्जी पावरका शेयरधनीले करिब ६ प्रतिशतले गुमाए।