BIZMANDU
www.bizmandu.com

कुमारी बैंकले एकै पटक दुई आर्थिक बर्षको एजिएम गर्ने, शेयरधनीले पाउने भए २१.२५% बोनस शेयर 

२०७५ पुष २६

कुमारी बैंकले एकै पटक दुई आर्थिक बर्षको एजिएम गर्ने, शेयरधनीले पाउने भए २१.२५% बोनस शेयर 
कुमारी बैंकले एकै पटक दुई आर्थिक बर्षको एजिएम गर्ने, शेयरधनीले पाउने भए २१.२५% बोनस शेयर 

काठमाडौं। कुमारी बैंकले एकै पटक दुई आर्थिक वर्षको साधारणसभा गरेर २१.२५ प्रतिशत बोनस शेयर दिने भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकको सञ्चालक समितिको बैंठकले गत मंसिर १७ गते चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर घोषणा गरेको थियो। यो बोनस शेयर आर्थिक वर्ष २०७३/२०७४ को हो। त्यस्तै बिहीबार बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। 

यो बोनस चुक्ता पूँजी शेयर ७ अर्ब १६ करोड रुपैयाँबाट दिन लागेको हो। दुई आर्थिक बर्षको बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ। यससँगै नेपाल राष्ट्र बैंकले निर्देशन गरेको न्युनतम ८ अर्ब रुपैयाँ पूँजी जुट्नेछ। 

नेपाल राष्ट्र बैंकले पूँजी जुटाउने निर्देशन जारि गरेसँगै बैंकले दुई पटक हकप्रद शेयर, बोनस शेयर र चार वटा अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेर पूँजी जुटाएको हो। बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाईनान्स कम्पनीलाई प्राप्ति गरेको थियो।  

विगत आठ आर्थिक वर्षमा बैंकले वितरण गरेको लाभांस 

आर्थिक वर्ष

बोनस शेयर %

नगद लाभ %

जम्मा लाभांस %

2074/2075

8.5

0

8.5

2073/2074

12.75

0

12.75

2072/2073

21

1.1

21

2071/2072

11

0.58

11.58

2070/2071

33

1.74

34.74

2069/2070

14

0

14

2068/2069

0

7

7

2067/2068

8

0.44

8.44

जम्मा

108.25

7.44

118.01