BIZMANDU
www.bizmandu.com

दिगम्बर झाको राजिनामापछि सञ्चार मन्त्री पुगे दूरसञ्चार प्राधिकरण, हाजिर कपीसमेत जाँचे

२०७५ पुष २६

दिगम्बर झाको राजिनामापछि सञ्चार मन्त्री पुगे दूरसञ्चार प्राधिकरण, हाजिर कपीसमेत जाँचे
दिगम्बर झाको राजिनामापछि सञ्चार मन्त्री पुगे दूरसञ्चार प्राधिकरण, हाजिर कपीसमेत जाँचे


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निरिक्षण गरेका छन्। बिहीबार बिहान ९:४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए। 

Tata
GBIME
Nepal Life

करीब ४५ मिनेट एनटिएमा बिताएका बाँस्कोटाले सबै कार्यकक्षमा पसेर प्रतिक्रिया लिएका थिए। ‘मन्त्रीले प्राधिकरणको सबै विभाग र शाखाको कार्यकक्षमा पसेर अपडेट लिनुभयो र सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिनुभयो र सबैको हाजिरी विवरण जाँच गरेर जानुभयो’, प्राधिकरणका निमित्त कार्यलय प्रमुख पुरुषोत्तम खनालले बताए। 

अधिकारीका अनुसार, काम छिटो छरितो हुनुपर्यो भन्नेमा उहाँको जोड थियो। प्राधिकरणले अहिले गरिरहेका कामको अवस्था र समस्याहरुका बारेमा दुई दिनभित्र मन्त्रालयमा जानकारी गराउन भन्नुभएको छ।

प्राधिकरणको अध्यक्षबाट दिगम्बर झाले राजीनामा दिएपछि मन्त्री बाँस्कोटाले प्राधिकरणकै दोस्रो हैसियतका निर्देशक पुरुषोत्तम खनाललाई निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिएका छन्। 

अनुगमनका क्रममा मन्त्री बाँस्कोटाले दूरसञ्चार कम्पनीहरुको लाइसेन्स वितरण, ग्रामीण दूरसञ्चार कोष, दूरसञ्चार सेवाको गुणस्तर लगायतका विषयमा विशेष चासो दिएका थिए। 

प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई भने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सूचना प्रविधि क्षेत्रको काम गर्नका लागि भनेर काजमा तानेका छन्। आनन्दराज खनाललाई प्राधिकरणमै राख्दा कार्यबहाकको जिम्मेवारी उनैलाई दिनुपर्ने भएपछि बाँस्कोटाले यस्तो रणनीति अपनाएका थिए। 

गत भदौ २० मा दिगम्बर झालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्दा पनि मन्त्री बाँस्कोटा र मन्त्रीपरिषदकै सर्वत्र आलोचना भएको थियो। सत्तारुढ दल नेकपाको स्थायी समितिमा ४३ जना सदस्यले झा विरुद्ध ज्ञापन पत्र बुझाएपछि प्राधिरणबाट झालाई राजीनामा गराइएको थियो।